शुक्रबार, बैशाख ४,२०८३ 05:29:25
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:29:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इन्फिनिटी लघुवित्तको नाफामा २८०% को उछाल, ईपीएस बढ्दा खराब कर्जा अनुपातमा उल्लेख्य गिरावट

Bizshala
इन्फिनिटी लघुवित्तको नाफामा २८०% को उछाल, ईपीएस बढ्दा खराब कर्जा अनुपातमा उल्लेख्य गिरावट
Shivam Cement

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा २८०.५६ प्रतिशतको उछाल आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा ५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले १ करोड ३८ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  

यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी समेत वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म संस्थाले १९ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३.२५ प्रतिशतले धेरै हो ।  

संस्थाको खुद सञ्चालन आम्दानी २९.३२ प्रतिशतले बढेर २७ करोड २८ लाख रुपैयाँ पुगेको छ । संस्थाले कर्मचारीका लागि १३ करोड ५५ लाख र अन्य सञ्चालनका लागि ४ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ ।  

संस्थाको रिटेन्ड अर्निङ ४ करोड ४६ लाख रुपैयाँ ऋणात्मक, र रिजर्भको आकार २६ करोड ५७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्थाको रिजर्भको आकार १६ करोड ७९ लाख रुपैयाँमा सीमित थियो । संस्थाको चुक्तापूँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको छ ।  

तेस्रो त्रैमाससम्म संस्थाको निक्षेप संकलन घटेको छ भने कर्जा प्रवाह भने वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १ अर्ब ३१ करोड रुपैयाँ रहेको निक्षेप संकलन घटेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।  

त्यस्तै कर्जा प्रवाह भने ४ अर्ब ३९ करोड रुपैयाँबाट बढेर ५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा ४ करोड ४६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

इम्पेयरमेन्ट चार्जका लागि १ करोड ५५ लाख रुपैयाँले ऋणात्मक रहेको संस्थाको खराब कर्जा अनुपात भने उल्लेख्य घटेको छ । संस्थाको खराब कर्जा अनुपात १४.०४ प्रतिशतबाट घटेर ४.९७ प्रतिशत झरेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) पनि ह्वात्तै बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३.७० प्रतिशतमा सीमित रहेको ईपीएस बढेर १४.१० रुपैयाँ कायम भएको छ ।  

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ १४४.४५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १२०.६९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५८.५४ गुणा र तरलता अनुपात ७.२२ प्रतिशत कायम भएको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.