आईतवार, बैशाख ६,२०८३ 08:41:44
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:41:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लगानीकर्ता एकजुट बन्न नसक्दा नियामकलाई हाईसञ्चो, ओझेलमा पर्दै माग

Bizshala
लगानीकर्ता एकजुट बन्न नसक्दा नियामकलाई हाईसञ्चो, ओझेलमा पर्दै माग
Shivam Cement

काठमाण्डौ । नेपालीमा एउटा उखान छ, भाइ फुटे गवार लुटे । जसको अर्थ आफु–आफुबीचको प्रतिष्पर्धा र फुटको फाइदा प्रतिस्पर्धि वा अन्य तेस्रो पक्षलाई पुग्छ भन्नु हो । यो भनाई अहिले नेपाली सेयर बजारमा समेत चरितार्थ भएको छ ।  

अहिले बजारमा लगानीकर्ताको सम्पति दैनिक घटेको छ । लगानीकर्ता दैनिक ११ बजेदेखि ३ बजेसम्म सम्पति गुमाईरहेका छन् । लगानीकर्ताहरुको हकहित संरक्षण गर्न भन्दै अहिले बजारमा दर्जनौ संघ–संगठन स्थापना भएका छन् । बेला बेलामा यी लगानीकर्ता संगठनबीच महासंघ स्थापनाको समेत चर्चा चल्ने गर्छ । तर विडम्बना के भने यी संगठनहरुले कहिल्यै पनि एक ठाँउमा उभिएर लगानीकर्ताको पक्षमा बोल्न सकेका छैनन् ।  

पछिल्लोपटक केही पुराना लगानीकर्ताका संघहरु खासै सक्रिय भएका छैनन् । केही नयाँ लगानीकर्ता संघहरु पनि आपसमा नै शिशा झै टुक्रिदा नियामकलाई भने   हाई सञ्चो भएको छ । अघिल्लो साता भृकुटी मण्डपमा बजार सुधारको माग गर्दै एकै ठाँउमा उभिएका लगानीकर्ताहरु पनि अहिले एक हुन सकेका छैनन् । लगानीकर्ताहरु दुई खेमामा विभाजित भएका छन् ।  

उक्त आन्दोलनका अगुवा मध्येका एक तीलक कोइरलाले आफूले चाहे जसरी साथीहरु नचलेको र आन्दोलन स्थिगित गरेको भन्दै गएको शुक्रबार नै कमलपोखरीमा छट्टै भेला गरे । उनले नयाँ आन्दोलनको थालनी गर्ने भन्दै सामाजिक सञ्जालमा लेख्ने गरेका छन् ।  

त्यति मात्रै होइन यो आन्दोलनमा अघि सरेका केही लगानीकर्ताबीच नै क्लबहाउसमा विवाद उत्पन्न हुँदा नियामकलाई थप सजिलो बनेको छ । नियामक निकायले लगानीकर्ताबीचको विवादको फाइदा उठाउँदै उनीहरुको माग सम्बोधनमा ढिलाई गरिरहेको पस्टै देख्न सकिन्छ । पुराना लगानीकर्ताका नेता तथा अगुवा लगानीकर्ताहरु नै सामान्य विषयमा एकजुट हुन नसक्दा लगानीकर्ताहरु मिचाइमा परेका छन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ब्रोकर हाउसमा भेटिएका केही लगानीकर्ताहरु भन्छन्‘हामी साढेको जुधाइ बाच्छाको मिचाइमा पर्यौ । लगानीकर्ताहरुको पक्षमा बोल्छौ भन्ने नेताहरु नै अहिले एक जुट हुन नसक्दा नियामकले पेल्यो ।’

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले नियामक निकायले फुटाउ र राजनीति गर भन्ने नीति लिएको बताए । पाण्डेले भन्छन्,‘हाम्रो लामो समयदेखि लगानीकर्ताहरुको एकै महासंघ हुनु पर्छ भन्ने माग हो । हामी त्यसको लागि तयार छौं । हामी ५ संगठन एक ठाँउमा पनि छौं । अब तीन संगठन पनि एक हुनु आबश्यक छ । होइन भने हामीलाई नियामकले पेलेको पेल्यै गर्छ । आन्दोलमा पनि हामीले साथीहरुलाई आह्वान गरेकै हौं । अझै पनि हाम्रो प्रयास एक भएर सशक्क्त रुपमा अगाडी बढ्ने हो ।’  

त्यस्तै लगानीकर्ता हरि बहादुर केसीले सबै लगानीकर्ताका नेताहरु एक हुनुको विकल्प नरहेको बताए ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.