काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले १० वर्ष अवधिको ७ प्रतिशत ब्याजदर रहेको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०८२’ को बाँडफाँड सम्पन्न गरेको छ।
बैंकका अनुसार प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र बराबर ३ अर्ब रुपैयाँको डिबेञ्चर २०८२ भदौ १ गते सोमबार बाँडफाँड गरिएको हो।
बाँडफाँडमा परेको ऋणपत्रको विवरण सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट सञ्चालित वेबसाइट तथा मेरोसेयर प्रणालीमार्फत हेर्न सकिने बैंकले जनाएको छ। साथै, निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेडको वेबसाइटबाट समेत आवश्यक विवरण प्राप्त गर्न सकिनेछ।
बैंकले निष्काशन प्रक्रियामा सहभागी सम्पूर्ण आवेदकलाई बाँडफाँडमा नपरेको ऋणपत्रबापतको रकम सम्बन्धित आवेदकको बैंक खातामा फुकुवा गरिदिनसमेत सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जानकारी गराएको छ।
लक्ष्मी सनराइज बैंकले गत साउन १४ गतेदेखि कुल ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो । कुल ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री र बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।