काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा निरन्तर गिरावट देखिएको छ। रोयटर्स/इप्सोसको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको राष्ट्रपतीय कार्यसम्पादन अनुमोदन दर घटेर ३३ प्रतिशतमा पुगेको छ, जुन उनको वर्तमान कार्यकालकै सबैभन्दा न्यून स्तर हो।
सर्वेक्षणमा सहभागी ६४ प्रतिशत अमेरिकी नागरिकले ट्रम्पको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन् भने ३३ प्रतिशतले मात्र उनको कामलाई अनुमोदन गरेका छन्। यसअघि यसै महिनाको सुरुवातमा गरिएको सर्वेक्षणमा ट्रम्पको अनुमोदन दर ३५ प्रतिशत रहेको थियो।
सर्वेक्षणका अनुसार ट्रम्पको पछिल्लो अनुमोदन दर उनको पहिलो कार्यकालमा देखिएको न्यूनतम स्तरसँग पनि बराबर भएको छ। सन् २०१७ को डिसेम्बरमा उनको पहिलो कार्यकालका क्रममा पनि अनुमोदन दर ३३ प्रतिशतमा झरेको थियो।
यसैबीच, अमेरिका–इरान तनाव र सम्भावित युद्धलाई लिएर पनि अमेरिकी नागरिकमा गम्भीर चिन्ता देखिएको सर्वेक्षणले देखाएको छ। करिब ८० प्रतिशत अमेरिकीले अमेरिका र इरानबीचको युद्ध लामो समयसम्म जारी रहने आशंका व्यक्त गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।