मंगलवार, भाद्र २,२०८३ 01:03:00
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 01:03:00
Bizshala
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा
New Office

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ । बैंकले उक्त आवका लागि सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकको भदौ १ गते सोमबार बसेको ३९७औँ सञ्चालक समिति बैठकले चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५.५३ रुपैयाँको आधारमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमध्ये बैंकले ४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। यसअनुसार १४ करोड ९३ लाख ६२ हजार ७४०.२२ रुपैयाँबराबरको बोनस सेयर वितरण हुनेछ।

Bizshala
CG Motors

त्यसैगरी, बैंकले ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। नगद लाभांश बापत २४ करोड ३६ लाख ९७ हजार १०२.४७ रुपैयाँ वितरण हुनेछ। उक्त रकममा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

यसरी बोनस सेयर र नगद लाभांश गरी बैंकले कुल ३९ करोड ३० लाख ५९ हजार ८४२.६९ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिले प्रस्तावित लाभांशसहितका वित्तीय विवरणहरू अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ। लाभांश वितरण भने नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.