काठमाण्डौ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।
रावल यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत थिए। नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ।
नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरका दुई पद रहने व्यवस्था भए पनि सरकारले यसअघि एक जनालाई मात्र नियुक्त गरेको थियो। सरकारले गत चैत २४ गते किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो।
रावलको नियुक्तिसँगै राष्ट्र बैंकमा रिक्त रहेको अर्को डेपुटी गभर्नर पदसमेत पूर्ति भएको छ। उक्त पद २०८२ साल फागुन २५ गतेदेखि रिक्त रहेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।