बिहीबार, भाद्र ४,२०८३ 09:24:40
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 09:24:40
Bizshala
Global IME Bank Limited

इरानलाई आर्थिक रूपमा कमजोर बनाउने र अन्तर्राष्ट्रिय स्तरमा अलग्याउने ट्रम्पको योजना, सहयोगी देशहरुलाई समेत चेतावनी

इरानलाई आर्थिक रूपमा कमजोर बनाउने र अन्तर्राष्ट्रिय स्तरमा अलग्याउने ट्रम्पको योजना, सहयोगी देशहरुलाई समेत चेतावनी
New Office

काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा र ‘अभूतपूर्व’ आर्थिक अभियान सुरु गर्ने घोषणा गरेका छन्। उनले इरानलाई सम्झौतामा आउन पर्याप्त अवसर दिइए पनि त्यसको सदुपयोग गर्न असफल भएको दाबी गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत घोषणा गर्दै इरानलाई आर्थिक रूपमा कमजोर बनाउने र अन्तर्राष्ट्रिय स्तरमा अलग्याउने उद्देश्यसहित व्यापक आर्थिक अभियान सञ्चालन गरिने बताएका हुन्।

उनका अनुसार इरानको सैन्य तथा आर्थिक शक्ति कमजोर पार्ने उद्देश्यले अभियान अघि बढाइनेछ। साथै, इरानलाई आर्थिक सहयोग गर्ने कुनै पनि देश वा संस्थामाथि समेत कडा आर्थिक कारबाही गरिने उनले चेतावनी दिएका छन्।

Bizshala
CG Motors

ट्रम्पले वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायमार्फत इरानलाई प्रत्यक्ष वा अप्रत्यक्ष आर्थिक सहयोग गर्ने मुलुकलाई समेत ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने बताएका छन्।

उनले विशेषगरी तेल तस्करी, तेल ट्यांकरको अदलाबदली, नगदमार्फत रकम स्थानान्तरण, मनी एक्सचेन्ज कम्पनीको प्रयोग तथा पानीजहाजलाई फर्जी कम्पनीका नाममा दर्ता गर्ने जस्ता गतिविधिमाथि कडाइ गरिने उल्लेख गरेका छन्।

ट्रम्पले आफ्नो अभियानलाई दोस्रो विश्वयुद्धका क्रममा नर्मन्डीमा अमेरिकी सेनाको अवतरणसँग तुलना गर्दै यसलाई ऐतिहासिक कदमको संज्ञा दिएका छन्। उनले इरानबाट उत्पन्न हुने जोखिम अन्त्य गर्न अमेरिकाका सहयोगी राष्ट्रहरूलाई आफ्नो अभियानमा साथ दिनसमेत आह्वान गरेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.