मंगलवार, आश्विन १३,२०८३ 08:56:06
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:56:06
Bizshala
Global IME Bank Limited

किम जोङ–उनलाई भेट्ने ट्रम्पको योजना

Bizshala
किम जोङ–उनलाई भेट्ने ट्रम्पको योजना
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग सन् २०२६ को अन्त्यसम्ममा भेट गर्ने योजना रहेको बताएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले उत्तर कोरियाली नेतासँग राम्रो सम्बन्ध कायम राख्नु महत्वपूर्ण रहेको बताएका हुन्।

ट्रम्पले उत्तर कोरियासँग ५७ वटा आणविक हतियार रहेको दाबीसमेत गरेका छन्। उनले ती हतियार निकै शक्तिशाली रहेको बताएका छन्। यद्यपि, अमेरिकाले उत्तर कोरियालाई औपचारिक रूपमा आणविक शक्ति राष्ट्रका रूपमा मान्यता दिएको छैन। अमेरिकी सरकार तथा विभिन्न अनुसन्धान संस्थाका यसअघिका आकलनले पनि उत्तर कोरियासँग करिब ५० देखि ६० वटा आणविक हतियार हुन सक्ने अनुमान गरेका थिए।

ट्रम्पले किमसँग हुने सम्भावित भेटको स्थान वा मितिबारे विस्तृत जानकारी भने दिएका छैनन्। सञ्चारमाध्यमका अनुसार नोभेम्बरमा चीनको शेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुने क्रममा उत्तर कोरियासँग वार्ता गर्ने सम्भावनाबारे ट्रम्पले विचार गरिरहेको बताइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ट्रम्पको पहिलो राष्ट्रपतीय कार्यकालमा उनले किम जोङ–उनसँग तीनपटक भेट गरेका थिए। दुई नेताबीचको पछिल्लो भेट सन् २०१९ मा भएको थियो। त्यसबेला भएका वार्ताले उत्तर कोरियाको आणविक कार्यक्रमसम्बन्धी ठोस प्रगति हासिल गर्न सकेको थिएन।

यसैबीच, ट्रम्पले हालै अमेरिका र दक्षिण कोरियाबीच हुने संयुक्त सैन्य अभ्यास घटाउने घोषणा गरेका छन्। उनले यस्ता सैन्य अभ्यासलाई उत्तर कोरियाली नेताका लागि ‘शत्रुतापूर्ण’ तथा ‘उत्तेजक’ गतिविधिका रूपमा व्याख्या गरेका छन्।

दक्षिण कोरियाका अनुसार वार्षिक उल्ची फ्रिडम सिल्ड सैन्य अभ्यास यसपटक अमेरिकी पक्षको सुझावमा करिब एक साताअघि नै समाप्त हुनेछ। अमेरिकी रक्षा मन्त्रालयले भने अभ्यासको अवधि घटाउँदा पनि निर्धारित सैन्य तालिमका उद्देश्य हासिल गर्न बाधा नपर्ने जनाएको छ।

उत्तर कोरियाले सन् २०२४ मा रुसलाई युक्रेनविरुद्धको युद्धमा सहयोग गर्न आफ्ना सैनिक पठाएको थियो। त्यसपछि प्योङयाङ र मस्कोबीच पारस्परिक रक्षा सन्धिसमेत भएको छ। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.