मंगलवार, आश्विन १३,२०८३ 07:12:58
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:12:58
Bizshala
Global IME Bank Limited

सुपर मादी हाइड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?

Bizshala
सुपर मादी हाइड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?
New Office

काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको सञ्चालक समितिको भदौ ८ गते बसेको बैठकले लाभांशसम्बन्धी प्रस्ताव आगामी १७औँ वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार हाल कायम चुक्तापूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशतले हुन आउने ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँको बोनस सेयर वितरण गरिनेछ। यसअनुसार सेयरधनीले कुल ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर प्राप्त गर्नेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, बोनस सेयरमा लाग्ने लाभांश कर प्रयोजनका लागि कम्पनीले चुक्तापूँजीको ०.७८९४७ प्रतिशतका दरले १ करोड ८२ लाख ७८ हजार २८९ रुपैयाँ ४७ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको छ।

यसरी कम्पनीले बोनस सेयर र नगद लाभांश गरी कुल ३६ करोड ५५ लाख ६५ हजार ७८९ रुपैयाँ ४७ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ।

कम्पनीको १७औँ वार्षिक साधारणसभा असोज १ गते बिहीबार काठमाण्डौको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे बस्ने भएको छ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ भदौ २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै

कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.