सोमबार, असार २,२०८२ 02:22:54
  • सोमबार, असार २,२०८२ 02:22:54
Global IME Bank Limited

भगवति हाईड्रोपावरको नाफा र विद्युत बिक्री आम्दानी दुवै बढ्यो, ईपीएस १५.७५ रुपैयाँ

Hyundai Nepal
भगवति हाईड्रोपावरको नाफा र विद्युत बिक्री आम्दानी दुवै बढ्यो, ईपीएस १५.७५ रुपैयाँ
Nabil Bank Limited

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.६८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले विद्युत बिक्रीमार्फत १२ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.११ प्रतिशतले धेरै हो । कम्पनीले अन्य स्रोतबाट ५९ लाख ५ हजार रुपैयाँ आर्जन गरेको छ । यो अवधिसम्म कम्पनीले ३ करोड ६३ लाख रुपैयाँ कुल सञ्चालन खर्च र २ करोड ४४ लाख रुपैयाँ गैरसञ्चालन खर्च गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी ५७ करोड २० लाख रुपैयाँ छ भने रिजर्भको आकार ११ करोड ६७ लाख रुपैयाँ रहेको छ । कम्पनीले सेयर प्रिमियम शिर्षकमा २ करोड २८ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको कुल चालु सम्पत्ति १८ करोड ६५ लाख र कुल चालु दायित्व ९५ लाख २२ हजार रुपैयाँ छ ।  

तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १५.७५ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १२४.४१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२७.९७ रुपैयाँ, तरलता अनुपात १९.५९ प्रतिशत र मूल्य आम्दानी अनुपात ३८.४१ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.