सोमबार, असार २,२०८२ 02:28:24
  • सोमबार, असार २,२०८२ 02:28:24
Global IME Bank Limited

तेह्रथुम पावर १.९६ करोड घाटामा, विद्युत बिक्री आम्दानीमा वृद्धि

Hyundai Nepal
तेह्रथुम पावर १.९६ करोड घाटामा, विद्युत बिक्री आम्दानीमा वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ९६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा २९.३२ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड ७८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  

कम्पनीको खुद विद्युत बिक्री आम्दानी बढेको छ । खुद विद्युत बिक्री आम्दानी ९.५९ प्रतिशतले बढ्दै ६ करोड ६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रशासनिक खर्च २७ लाख ७ हजार र बिक्री खर्च ४ करोड १७ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी ४० करोड र रिजर्भको आकार १६ करोड ५६ लाख रुपैयाँले ऋणात्मक छ । तेस्रो त्रैमाससम्म कम्पनीले ९६ करोड ७१ लाख रुपैयाँ दीर्घकालिन कर्जा र १ करोड रुपैयाँबराबरको अल्पकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ करोड ७४ लाख र कुल चालु दायित्व २ करोड ४७ लाख रुपैयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६.५५ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ५९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ८० गुणा ऋणात्मक र तरलता अनुपात २.३ प्रतिशत कायम छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.