सोमबार, असार २,२०८२ 02:19:43
  • सोमबार, असार २,२०८२ 02:19:43
Global IME Bank Limited

अपर सोलु हाईड्रोको नाफामा २८३% को उछाल, विद्युत बिक्री आम्दानी पनि बढ्यो

Hyundai Nepal
अपर सोलु हाईड्रोको नाफामा २८३% को उछाल, विद्युत बिक्री आम्दानी पनि बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २८३.५८ प्रतिशतले बढ्री हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।    

कम्पनीको खुद विद्युत बिक्री आम्दानी बढेको छ । कम्पनीको खुद विद्युत बिक्री आम्दानी २.९१ प्रतिशतले बढ्दै ४९ करोड २० लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रशासनिक खर्च ९० लाख ५७ हजार रुपैयाँले ऋणात्मक,कर्मचारी खर्च १ करोड ३२ लाख रुपैयाँले ऋणात्मक र वित्त खर्च २८ करोड ६२ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ४२ करोड रुपैयाँ दीर्घकालिन कर्जा र १३ करोड ६५ लाख रुपैयाँबराबरको अल्पकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति २१ करोड ४९ लाख र कुल चालु दायित्व १६ करोड ४६ लाख रुपैयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३.०७ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ९६.६५ रुपैयाँ,मूल्य आम्दानी अनुपात १२२ गुणा ऋणात्मक र तरलता अनुपात १.३१ प्रतिशत कायम छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.