बुधबार, भाद्र १७,२०८३ 10:39:24
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 10:39:24
Bizshala
Global IME Bank Limited

कुमारी क्यापिटलद्वारा सञ्चालित चार योजनाका इकाइधनीलाई लाभांश वितरण

कुमारी क्यापिटलद्वारा सञ्चालित चार योजनाका इकाइधनीलाई लाभांश वितरण
New Office

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको कोष प्रवर्द्धन तथा कुमारी क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित चारवटा सामूहिक लगानी योजनाका इकाईधीहरुलाई आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई नगद लाभांश वितरण गरिएको छ ।

कुमारी क्यापिटलले सार्वजनिक गरेको सूचनाअनुसार कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजना ले इकाइधनीलाई करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण भएको छ। त्यस्तै, कुमारी सुनौलो लगानी योजना ले ४.९० प्रतिशत र कुमारी सबल योजनाले २.९० प्रतिशत नगद लाभांश वितरण गरिएको छ ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार सम्बन्धित योजनाका इकाइधनीहरूको हितग्राही (डीम्याट) खातामा अद्यावधिक भएको बैंक खातामा लाभांश रकम जम्मा गरिनेछ। हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरेका इकाइधनीलाई आफ्नो बैंक खाता अद्यावधिक गर्न क्यापिटलले आग्रह गरेको छ।

यसैगरी, कुमारी सुनौलो लगानी योजनाका इकाइधनीले प्राप्त हुने लाभांशलाई पुनः लगानी गर्न चाहेमा डिभिडेन्ड रिइन्भेष्टमेन्ट प्लानमा सहभागी हुन आवेदन दिन सक्नेछन्। 

यसका लागि योजनाअन्तर्गत प्राप्त हुने लाभांश बराबरको रकमसमेत हितग्राही खातामा जम्मा भएको व्यहोरा जानकारी गराउनुपर्ने सूचनामा उल्लेख छ।

आफ्नो इकाइ धितो राखेका इकाइधनीले लाभांश प्राप्त गर्न सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर लिएर कुमारी क्यापिटलमा पेश गर्नुपर्नेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.