सोमबार, असार २,२०८२ 02:35:56
  • सोमबार, असार २,२०८२ 02:35:56
Global IME Bank Limited

तारागाँउ रिजेन्सी होटल्सको नाफा ३९% ले वृद्धि, आम्दानी १.१३ अर्ब

Hyundai Nepal
तारागाँउ रिजेन्सी होटल्सको नाफा ३९% ले वृद्धि, आम्दानी १.१३ अर्ब
Nabil Bank Limited

काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ३९.५४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले २३ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीको खुद आम्दानी पनि १२.२५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब १३ करोड ९९ लाख रुपैयाँ खुद आम्दानी गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब १ करोड ५५ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै कम्पनीको सञ्चालन खर्च ४५ करोड ७६ लाख र प्रशासनिक खर्च २० करोड २ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५१ करोड ३९ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर ७२ करोड ९७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।  

कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ३० करोड र कुल चालु दायित्व १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १६.९९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ पनि १३७.१९, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २०८.२२, पीई अनुपात ४६.७२ गुणा र तरलता अनुपात १.९० प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.