बुधबार, भाद्र ३,२०८३ 02:36:35
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:36:35
Bizshala
Global IME Bank Limited

प्रभु महालक्ष्मी लाइफको नाफा ३५% ले बढ्यो, कस्तो छ अन्य सूचकको अवस्था ?

प्रभु महालक्ष्मी लाइफको नाफा ३५% ले बढ्यो, कस्तो छ अन्य सूचकको अवस्था ?
New Office

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ३८.७५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु  आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १९ करोड ३८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ९६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा १०२.८३ प्रतिशतले धेरै हो । कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब ४६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी १ करोड ९४ लाख ,लगानी तथा कर्जा आम्दानी ८४ करोड १७ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।  

Bizshala
CG Motors

यस्तै कम्पनीको अन्य आम्दानी ९ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको २ अर्ब ७८ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।  

तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ६२ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ८ करोड ७६ लाख र रिटेन्ड अर्निङ ५५ करोड ७५ लाख रुपैयाँबराबर रहेको छ ।  

कम्पनीको चुक्तापूँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) घटेको छ । कम्पनीको ईपीएस १२.२९ रुपैयाँबाट घटेर ८.२५ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.३५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६१.३१ गुणा कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.