सोमबार, असार २,२०८२ 02:42:48
  • सोमबार, असार २,२०८२ 02:42:48
Global IME Bank Limited

रुरु जलविद्युतको नाफामा सामान्य वृद्धि, रिजर्भको आकार १२.९७% ले बढ्यो

Hyundai Nepal
रुरु जलविद्युतको नाफामा सामान्य वृद्धि, रिजर्भको आकार १२.९७% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । चालु आवको तेस्रो त्रैमाससम्म रुरु जलविद्युत परियोजना लिमिटेडको नाफा बढको छ भने आम्दानी घटेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ६ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २.६६ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो ।    

कम्पनीको खुद विद्युत बिक्री आम्दानीमा सामान्य गिरावट आएको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ८ करोड २२ लाख रुपैयाँबराबरको खुद आम्दानी गरेको छ । यो अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा ०.३० प्रतिशतले कम हो । कम्पनीले ६ लाख २४ हजार रुपैयाँबराबरको वित्त आम्दानी आर्जन गरेको छ । कम्पनीको प्रशासनिक खर्च ५९ लाख २३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी ४९ करोड ३३ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको रिजर्भको आकार १२.९७ प्रतिशतले बढेर १७ करोड ८० लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति १३ करोड १९ लाख र कुल चालु दायित्व ५ करोड २७ लाख रुपैयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १८.५४ रुपैयाँ  ,प्रतिसेयर नेटवर्थ १३६.०९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६०.७७ रुपैयाँ मूल्य आम्दानी अनुपात ४१.४९ गुणा र तरलता अनुपात २.५ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.