सोमबार, असार २,२०८२ 01:45:39
  • सोमबार, असार २,२०८२ 01:45:39
Global IME Bank Limited

ङादी ग्रुप पावरको नाफामा ४२.९४% को गिरावट, ईपीएस कति ?

Hyundai Nepal
ङादी ग्रुप पावरको नाफामा ४२.९४% को गिरावट, ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ ।  ङादी ग्रुप पावर लिमिटेडको खुद नाफामा ४२.९४ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ४ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो ।    

कम्पनीको खुद विद्युत बिक्री आम्दानी सामान्य बढेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ८ करोड ९४ लाख रुपैयाँबराबरको खुद विद्युत बिक्री आम्दानी गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा ४.४१ प्रतिशतले धेरै हो । समीक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्री÷वितरण खर्च ८७ लाख ५२ हजार, रोयल्टी खर्च २० लाख ३ हजार,प्रशोसनिक खर्च १ करोड २८ लाख र वित्त खर्च २ करोड ३० लाख रुपैयाँ रहेको छ ।   कम्पनीले यो अवधिसम्म १० लाख ४५ हजार रुपैयाँबराबरको गैर सञ्चालन आम्दानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङमा ९ करोड २६ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २४ करोड ८५ लाख र कुल चालु दायित्व ६ करोड ९४ लाख रुपैयाँ छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २.०५ रुपैयाँ  ,प्रतिसेयर नेटवर्थ १६५.१५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१०.२९ रुपैयाँ मूल्य आम्दानी अनुपात १५३.९५ गुणा र तरलता अनुपात ३.५८ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.