बुधबार, असार ४,२०८२ 03:28:15
  • बुधबार, असार ४,२०८२ 03:28:15
Global IME Bank Limited

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

Hyundai Nepal
महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित
Nabil Bank Limited

काठमाण्डौ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ ।  

बिहीबार काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई अभिनन्दन–पत्रसहित खादा लगाएर सम्मान गरेका हुन् ।  

अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको संघले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘आफ्नो जन्म र प्रारम्भिक शिक्षा पश्चिम नेपालको विकट ग्रामिण समाजबाट प्रारम्भ गर्नु भई मुलुककै अर्थ, व्यापार, उद्योग, बैंकिङ, विप्रेषण, पर्यटन, जलविद्युत, विमा तथा समाजसेवाका क्षेत्रमा सफल साम्राज्य खडा गर्न सफल हुनुभएको छ । मलुलुको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी एवम् अनेकौ क्षेत्रको संरचना निर्माण, उत्थान र सञ्चालनमा यहाँको लगन, समर्पण, योग्यता र क्षमताको सम्मान स्वरुप यहाँलाई यो सम्मान प्रदान गरिएको हो,’ अभिनन्दन पत्रमा उल्लेख गरिएको छ ।  

सम्मान ग्रहणपछि अध्यक्ष ढकालले राष्ट्रपतिबाट सम्मान लिने अवसर पाउँदा भावुक भएको बताए । उनले उक्त सम्मानले भविष्यमा आफूलाई थप जिम्मेवार बनाउने प्रतिक्रिया दिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.