आईतवार, असार १,२०८२ 08:08:03
  • आईतवार, असार १,२०८२ 08:08:03
Global IME Bank Limited

सीआईटीको नाफा र आम्दानी दुवै बढ्यो, ईपीएस कति ?

Hyundai Nepal
सीआईटीको नाफा र आम्दानी दुवै बढ्यो, ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) ले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्म ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा १३.४३ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कोषको खुद नाफा ७७ करोड ७९ लाख रुपैयाँ थियो ।  

कोषले १ अर्ब ४१ करोड २५ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.३८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कोषले १ अर्ब २५ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।  

कोषले आर्जन गरेको क ुल आम्दानीमा ३५ करोड ३२ लाख ब्याज आम्दानी, १ अर्ब ४ करोड सेवा शुल्क तथा कमिसन आम्दानी र १ करोड ७४ लाख रुपैयाँबराबरको विविध आम्दानी रहेको छ । कोषको कुल खर्च अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ७.४० प्रतिशतले बढेको छ । कोषको कुल खर्च २३ करोड ५९ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कोषले २३ खर्ब ६८ अर्ब रुपैयाँबराबरको कुल लगानी गरेको छ । जसमा मुद्धती निक्षेपमा १ खर्ब २६,नेपाल सरकारको ऋणपत्रमा ५० करोड,समयकालिन कर्जामा २५ अर्ब ५४ करोड,संगठित संस्थाको सेयरमा ३० अर्ब ९३ करोड र सहायक कम्पनीमा २ अर्ब ५५ करोड रुपैयाँ लगानी रहेको छ । कोषको बैंक मौजदात ४ अर्ब ४७ करोड र चालु सम्पत्ति १७ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । कोषको जगेडा कोषको आकार २५ अर्ब ५० करोड रुपैयाँबराबर रहेको छ ।  

समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी २४.४० रुपैयाँबाट घटेर २२.१४ रुपैयाँमा सीमित भएको छ । कोषको प्रतिसेयर नेटवर्थ १७१.४४ रुपैयाँ र लगानी प्रतिफल ८.४९ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.