सोमबार, असार २,२०८२ 01:54:15
  • सोमबार, असार २,२०८२ 01:54:15
Global IME Bank Limited

माथिल्लो मैलुङ खोलाको घाटा १४२% ले बढ्यो, कस्तो छ अन्य सुचकको अवस्था ?

Hyundai Nepal
माथिल्लो मैलुङ खोलाको घाटा १४२% ले बढ्यो, कस्तो छ अन्य सुचकको अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्यत लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड १७ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।  यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा १४२.५४ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी १ करोड ३० लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीले विद्युत बिक्रीमार्फ ४ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीले निर्माणमार्फत ३४ करोड ९१ लाख र २३ लाख ५६ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । यो अवधिसम्म कम्पनीको वित्त आम्दानी ५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रशासनिक र अन्य सञ्चालन खर्च ३ करोड १९ लाख ,पनर्माण खर्च ३४ करोड ९१ लाख,पावर प्लान्ट सञ्चालन खर्च १ करोड ३ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ८ करोड ४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अन्य रिजर्भमा ४ लाख २८ हजार रुपैयाँ सञ्चित छ । तेस्रोे त्रैमाससम्म कम्पनीको कुल चालु सम्पत्ति १० करोड १४ लाख र कुल चालु दायित्व ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.८८ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९१.९५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४१० रुपैयाँ र तरलता अनुपात ०.२७ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.