सोमबार, असार २,२०८२ 02:20:32
  • सोमबार, असार २,२०८२ 02:20:32
Global IME Bank Limited

मकर जितुमाया सुरीको नाफामा २९४७.०७% को उछाल, आम्दानी पनि वृद्धि

Hyundai Nepal
मकर जितुमाया सुरीको नाफामा २९४७.०७% को उछाल, आम्दानी पनि वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको आम्दानी र नाफा दुवै वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २९४७.०७ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३ लाख ९४ हजार मात्रै नाफा कमाएको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १९ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको १२ करोड ८१ लाख रुपैयाँको तुलनामा ४८.२५ प्रतिशतले धेरै हो ।  

यस्तै कम्पनीले सर्भिस कन्सेसन एग्रिमेन्टबाट ४८ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७९.९७ प्रतिशतले धेरै हो । कम्पनीको कर्मचारी खर्च ५७ लाख २० हजार रुपैयाँ र प्रशासनिक र अन्य खर्च ५८ लाख ४७ हजार रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको रिटेन्ड अर्निङको आकार ३ करोड ८१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ९ लाख र कुल चालु दायित्व १ करोड २ लाख रुपेयाँ छ ।  कम्पनीको चुक्तापुँजी ७६ करोड रुपैयाँबराबरको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.५८१० रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९४.९७ रुपैयाँ र रिर्टन अन इक्विटी १.६६ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.