सोमबार, भाद्र २९,२०८३ 03:34:16
Bizshala
  • सोमबार, भाद्र २९,२०८३ 03:34:16
Bizshala
Global IME Bank Limited

एआई मानव नियन्त्रणमै रहनुपर्छ ः माइक्रोसफ्ट सीईओ नाडेल्ला

एआई मानव नियन्त्रणमै रहनुपर्छ ः माइक्रोसफ्ट सीईओ नाडेल्ला
New Office

काठमाण्डौ । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नाडेल्लाले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास कति तीव्र गतिमा अघि बढाउने भन्ने बहसमा आफ्नो धारणा सार्वजनिक गर्दै एआई अन्ततः मानवताको हितमा प्रयोग हुनुपर्ने र मानव नियन्त्रणभन्दा बाहिर जान नहुने बताएका छन्।

नाडेल्लाको धारणा एन्थ्रोपिकका सीईओ डारियो अमोडेईले एआई उद्योगलाई अत्याधुनिक मोडलको विकासमा केही गति कम गर्न र तीव्र रूपमा अघि बढिरहेको प्रविधिको तुलनामा सुरक्षा तथा जोखिम न्यूनीकरणसम्बन्धी कामलाई पर्याप्त समय दिन आग्रह गरेको केही दिनपछि आएको हो। ओपनएआईका सीईओ साम अल्टम्यान र एलन मस्कले पनि अमोडेईको प्रस्तावका केही पक्षप्रति समर्थन जनाएका छन्।

नाडेल्लाले भने एआई सुरक्षाको नाममा यसको नियन्त्रण केही सीमित प्रविधि कम्पनीको हातमा मात्र केन्द्रित गर्न नहुनेमा जोड दिएका छन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

नाडेल्लाका अनुसार भविष्यमा सुपरइन्टेलिजेन्सको विकास भए पनि त्यसको आधारभूत मापदण्ड स्पष्ट हुनुपर्छ। यदि अत्याधुनिक एआईले मानवताको हित गर्दैन र मानव नियन्त्रणमा रहन सक्दैन भने त्यस्तो प्रविधिको विकास गर्नुको औचित्य नरहने उनको धारणा छ।

उनले उन्नत एआईबाट प्राप्त हुने लाभ केही कम्पनी वा देशमा मात्र सीमित नभई विभिन्न देश, समुदाय र संस्थासम्म पुग्नुपर्ने बताए।

यसका लागि भविष्यको एआई इकोसिस्टममा बन्द प्रणाली (क्लोज्ड मोडल) र खुला स्रोत (ओपन सोर्स) दुवै प्रकारका मोडलको सहअस्तित्व आवश्यक रहेको उनको भनाइ छ। एआईको विकास र नियन्त्रण केही सीमित ‘फ्रन्टियर ल्याब’मा मात्र केन्द्रित हुनु उचित नहुने उनले संकेत गरेका छन्।

नाडेल्लाले माइक्रोसफ्टले एआई अनुसन्धानमा निरन्तर लगानीसँगै ‘डिलिबरेट पेसिङ’ अर्थात् सोचविचारसहितको विकास गतिलाई समर्थन गर्ने बताए। उनका अनुसार एआई प्रणाली थप शक्तिशाली हुँदै जाँदा त्यसमा सुरक्षा, मूल्य–अनुरूपता (अलाइनमेन्ट) र जोखिम मूल्याङ्कनलाई सुरुदेखि नै समावेश गर्न आवश्यक छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.