सोमबार, आश्विन १९,२०८३ 01:18:07
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 01:18:07
Bizshala
Global IME Bank Limited

अर्थमन्त्रीको पूँजीबजार सुधार कार्ययोजनाबाट उत्साहित ब्रोकर, ‘समयमै कार्यान्वयन भए बजारको स्वरूप नै बदलिन्छ’

Bizshala
अर्थमन्त्रीको पूँजीबजार सुधार कार्ययोजनाबाट उत्साहित ब्रोकर, ‘समयमै कार्यान्वयन भए बजारको स्वरूप नै बदलिन्छ’
New Office

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको ‘पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ लाई सेयर ब्रोकरहरूले नेपालको पूँजीबजारको संरचना बदल्न सक्ने महत्वपूर्ण नीतिगत पहलका रूपमा स्वागत गरेका छन्।

स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले कार्ययोजनाले लगानीकर्ता संरक्षण, बजारको संरचनात्मक सुधार र दीर्घकालीन विकासका अधिकांश महत्वपूर्ण विषयलाई समेटेको बताएका हुन्।

उनका अनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा मूल्य अन्वेषण प्रणाली लागू गर्ने, मार्जिन लेन्डिङ र सर्ट सेलिङ सञ्चालन गर्ने तथा संस्थागत ऋणपत्र बजार विकास गर्ने घोषणाले नेपालको पूँजीबजारलाई परम्परागत कारोबार प्रणालीबाट आधुनिक वित्तीय बजारतर्फ लैजाने आधार तयार गरेको छ।

गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानीको अवसर दिने तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी र म्युचुअल फन्डजस्ता संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने व्यवस्थाले बजारको लगानी आधार फराकिलो बनाउने ढकालको विश्वास छ।

नेप्से, सीडीएस एन्ड क्लियरिङ र धितोपत्र दलाल व्यवसायको आधुनिकीकरण गर्ने घोषणाले बजारको प्राविधिक तथा संस्थागत क्षमता बढाउनुका साथै कारोबारलाई थप पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन सहयोग पुग्ने उनले बताए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कर कटौतीले दीर्घकालीन लगानी बढाउने

ढकालले पूँजीगत लाभकर घटाउने घोषणालाई कार्ययोजनाको महत्वपूर्ण पक्षका रूपमा लिएका छन्। प्रस्तावित व्यवस्थाअनुसार ३६५ दिनभन्दा बढी समय धारण गरिएको धितोपत्रबाट प्राप्त लाभमा ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिको लगानीबाट प्राप्त लाभमा ५ प्रतिशत पूँजीगत लाभकर कायम गरिनेछ।

यसअघि दीर्घकालीन लगानीमा ५ प्रतिशत र अल्पकालीन कारोबारमा ७.५ प्रतिशत कर लाग्दै आएको थियो।

करको दर घटाउँदा दीर्घकालीन लगानी संस्कृति विकास हुने, लगानीकर्ताको आत्मविश्वास बढ्ने र बजारले स्थायित्व प्राप्त गर्ने ढकालको बुझाइ छ। यसले बारम्बार किनबेचमा आधारित प्रवृत्तिभन्दा कम्पनीको आधारभूत अवस्था हेरेर लामो समय लगानी गर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने उनले बताए।

घोषणा होइन, कार्यान्वयन मुख्य परीक्षा

ढकालले कार्ययोजनाको सफलताको प्रमुख आधार समयबद्ध र प्रभावकारी कार्यान्वयन भएको बताएका छन्। घोषित सुधार निर्धारित समयभित्र कार्यान्वयन भए बजारमा तरलता बढ्ने, लगानीकर्ताको विश्वास थप मजबुत हुने र राष्ट्रिय पूँजी निर्माणमा सेयर बजारको भूमिका प्रभावकारी बन्ने उनको विश्वास छ।

कार्ययोजनाले तत्कालदेखि असोज, मंसिर, पुस, माघ र फागुन मसान्तसम्मका विभिन्न समयसीमा तोकेको छ। त्यसैले सरकारी तथा नियामक निकायले घोषणा गरेका सुधारलाई कानून, कार्यविधि र प्राविधिक प्रणालीमा रूपान्तरण गर्नुपर्ने ढकालको भनाइ छ।

उनले पूँजीबजार सुधारप्रति प्रतिबद्धता देखाएको भन्दै अर्थमन्त्री वाग्ले, अर्थ मन्त्रालय तथा सम्बन्धित निकायलाई धन्यवाद दिएका छन्। कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्टक ब्रोकर एशोसिएसन सरकार र नियामक निकायसँग आवश्यक सहकार्य गर्न तयार रहेकोसमेत उनले बताएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.