सोमबार, असार २,२०८२ 01:49:00
  • सोमबार, असार २,२०८२ 01:49:00
Global IME Bank Limited

भिजन लुम्बिनी उर्जाको नाफा ५७% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?

Hyundai Nepal
भिजन लुम्बिनी उर्जाको नाफा ५७% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?
Nabil Bank Limited

काठमाण्डो । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको नाफामा ५७.६२ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ११ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २७ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ्

कम्पनीको सेती नदि हाईड्रोइलेक्ट्रिक परियोजना निर्माण कार्य अन्तिम चरणमा रहेकाले कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत कुनै पनि आम्दानी गरेको छैन । कम्पनीले उक्त परियोजनाको ९८ प्रतिशत काम सम्पन्न भईसकेको जनाएको छ । कम्पनीले आईएफआरआईसी १२ को निर्माणबाट ९८ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै कम्पनीको अन्य आम्दानी २ लाख २ हजार रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको कर्मचारी खर्च १४ लाख १३ हजार र प्रशासनिक खर्च ७ लाख ६१ हजार रुपैयाँ रहेको छ । १ अर्ब ९१ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीले रिटेन्ड अर्निङमा ७२ करोड ६९ लाख रुपैयाँ सञ्चित गरेको छ ।  

तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी ९.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३८.०१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३६.४२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५४.७५ गुणा र तरलता अनुपात १.६३ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.