मंगलवार, भाद्र ३०,२०८३ 04:19:16
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 04:19:16
Bizshala
Global IME Bank Limited

इरानी तेल बेचेर कमाएको पैसा क्रिप्टोमा लुकाएको आरोप, ६१ मिलियन डलर जफत गर्दै अमेरिका

इरानी तेल बेचेर कमाएको पैसा क्रिप्टोमा लुकाएको आरोप, ६१ मिलियन डलर जफत गर्दै अमेरिका
New Office

काठमाण्डौ । अमेरिकाले प्रतिबन्धित इरानी कच्चा तेल तथा पेट्रोलियम पदार्थको कालोबजारीबाट प्राप्त रकम भएको दाबी गर्दै ६ करोड १० लाख अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी जफत गर्न कानूनी प्रक्रिया अघि बढाएको छ।

अमेरिकाको न्युयोर्कस्थित दक्षिणी जिल्लाको अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले उक्त क्रिप्टोकरेन्सीमाथि सिभिल फोर्फिचर (नागरिक जफत) सम्बन्धी उजुरी दायर गरेको हो।

उजुरीमा इरानले चीनलगायत विभिन्न देशमा रहेका क्रिप्टोकरेन्सी कारोबारीको सञ्जाल प्रयोग गरी प्रतिबन्धित तेल बिक्रीबाट प्राप्त १.५ अर्ब डलरभन्दा बढी रकम मनी लन्डरिङ गरेको आरोप लगाइएको छ। उक्त रकम इरानी सरकार, सेना तथा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)लाई फाइदा पुग्ने गरी प्रयोग गरिएको अमेरिकी पक्षको दाबी छ।

अमेरिकी उपमहान्यायाधिवक्ता सिन एस। बक्लीले सरकारले जफत गर्न खोजेको रकम अन्यथा अमेरिकी हितविरुद्ध हुने सैन्य गतिविधि तथा आतंकवादी आक्रमणमा प्रयोग हुन सक्ने दाबी गरेका छन्।

अमेरिकी उजुरीमा चीनका ब्लेस्ड ट्रस्ट र हेक्सा ह्वेल नामक दुई कम्पनीले क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समा रहेका ट्रेडिङ खातामार्फत इरानी तेलको कालोबजारीबाट प्राप्त रकम शोधन गरेको आरोप लगाइएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार ती कम्पनीहरूले अवैध रकम इरान सरकार, उसका प्रतिनिधि तथा सहयोगी समूहसम्म पुर्‍याउन सहयोग गरेका थिए। उक्त रकम इरानी सरकारका सैन्य तथा अन्य गतिविधिमा प्रयोग भएको अमेरिकी दाबी छ।

बाइनान्सका प्रवक्ताले भने कम्पनीले प्रतिबन्ध उल्लंघन वा गैरकानुनी गतिविधिप्रति शून्य सहनशीलता अपनाउने बताएका छन्। प्रतिबन्ध वा अवैध वित्तीय गतिविधिको जोखिम देखिएमा खाता अनुसन्धान, रोक्का वा फ्रिज गर्ने, प्रयोगकर्तालाई प्लेटफर्मबाट हटाउने तथा सम्बन्धित निकायलाई जानकारी गराउने गरिएको उनको भनाइ छ।

Shivam Cement
Bizshala
CG Motors

अमेरिकी उजुरीअनुसार ब्लेस्ड ट्रस्टले आफूलाई सम्पत्ति व्यवस्थापन तथा भर्चुअल सम्पत्ति कस्टोडियल सेवा प्रदायकका रूपमा प्रस्तुत गर्दै आएको थियो। तर, कम्पनीले कथित अवैध रकम प्राप्त तथा स्थानान्तरण गर्नुका साथै प्रयोगकर्तालाई फियाट मुद्रा क्रिप्टोकरेन्सीमा रूपान्तरण गर्न सकिने ‘अन–र्‍याम्प’ सेवा उपलब्ध गराएको आरोप छ।

हेक्सा ह्वेलले पनि ब्लेस्ड ट्रस्ट तथा उसका सम्बद्ध संस्थासँग मिलेर यस्तै सेवा उपलब्ध गराएको अमेरिकी पक्षको दाबी छ।

उजुरीमा दुवै कम्पनीले कथित योजनाअन्तर्गत अमेरिकी वित्तीय प्रणाली प्रयोग गरी करोडौं डलर पठाउने तथा प्राप्त गर्ने गरेको आरोपसमेत लगाइएको छ। दुवै चिनियाँ कम्पनीसँग टिप्पणीका लागि सम्पर्क हुन नसकेको बताइएको छ।

यी कम्पनीका ग्राहकमा चीनको पेट्रोलियम तथा पेट्रोलियम उत्पादन क्षेत्रमा कार्यरत कम्पनीहरू समेत रहेको उजुरीमा उल्लेख छ।

अमेरिकी उजुरीअनुसार क्रिप्टोकरेन्सी कम्पनी टेथरले लक्षित ठेगानामा रहेका टोकनहरू ‘बर्न’ अर्थात् निष्क्रिय बनाउने र सोही मूल्य बराबरका नयाँ टोकन जारी गर्नेछ। ती नयाँ टोकन अमेरिकी सरकारको नियन्त्रणमा हस्तान्तरण गरिने बताइएको छ।

यस विषयमा टेथरले तत्काल प्रतिक्रिया नदिएको जनाइएको छ।

यसअघि अप्रिलमा अमेरिकी सरकारले चीनको एक स्वतन्त्र वा ‘टीपोट’ रिफाइनरीमाथि प्रतिबन्ध लगाएको थियो। साथै, इरानी तेल प्रशोधन गर्ने चिनियाँ रिफाइनरीसँग कारोबार गर्ने वित्तीय संस्थामाथि समेत प्रतिबन्ध लाग्न सक्ने चेतावनी अमेरिकाले दिएको थियो।

यसैबीच, सेप्टेम्बर १० मा प्रकाशित एक रोयटर्स रिपोर्टअनुसार इरानले तेल बिक्रीमा अमेरिकी प्रतिबन्ध छल्न ‘बार्टर’जस्तो व्यवस्थाको प्रयोग गर्दै चीनबाट अर्बौं डलर बराबरका वस्तु खरिद गरेको थियो।

चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्तामध्ये एक रहेको बताइन्छ। सन् २०२५ मा इरानबाट समुद्री मार्ग हुँदै निर्यात भएको तेलमध्ये ८० प्रतिशतभन्दा बढी चीन पुगेको र औसत दैनिक करिब १४ लाख ब्यारेल इरानी तेल चीनले खरिद गरेको रिपोर्टमा उल्लेख गरिएको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.