काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा २६.२३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३० करोड ९१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा १६.०६ प्रतिशतले धेरै हो । कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा ९३ करोड १९ रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको अन्य आम्दानी १ करोड ६० लाख र लगानी तथा कर्जा आम्दानी २५ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको कुल आम्दानी १ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको ५७ करोड २ लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको तु्लनामा २१.६९ प्रतिशतले कम हो ।
तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब २३ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार १३ करोड ५१ लाख र रिटेन्ड अर्निङ २६ करोड ११ लाख रुपैयाँबराबर रहेको छ ।
कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । कम्पनीको ईपीएस १५.५३ रुपैयाँबाट बढेर १९.६० रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १९९.४९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४६३.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.२४ गुणा कायम भएको छ ।