सोमबार, असार २,२०८२ 02:25:05
  • सोमबार, असार २,२०८२ 02:25:05
Global IME Bank Limited

हिमालयन रि इन्स्योरेन्सको नाफा १००.५३% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएसमा पनि सुधार

Hyundai Nepal
हिमालयन रि इन्स्योरेन्सको नाफा १००.५३% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएसमा पनि सुधार
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १००.५३ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १२३.९५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म यो रकम १ अर्ब ५५ करोड ८७ लाख रुपैयाँमा सीमित थियो ।  

कम्पनीको खर्च पनि बढेको छ । कम्पनीको कुल खर्च ८८.८१ प्रतिशतले बढ्दै २ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । कम्पनीले यो अवधिसम्म १ अर्ब ६० करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९४.६० प्रतिशतले बढी हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९०.५८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४ करोड ६९ लाख रुपैयाँ रहेको महाविपत्ती कोषको आका्र बढेर ९ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।  

त्यस्तै कम्पनीको रिटेन्ड अर्निङको आकार पनि ४२ करोड ७६ लाखबाट बढेर ७७ करोड ५० लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि ४५ करोड ५५ लाखबाट बढेर ९२ करोड ११ लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)मा पनि सुधार भएको छ । कम्पनीको ईपीएस ८.८४ रुपैयाँबाट बढेर १२.४१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४९.९७ रुपैयाँ र पीई अनुपात ४९.१५ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.