सोमबार, असार २,२०८२ 02:18:17
  • सोमबार, असार २,२०८२ 02:18:17
Global IME Bank Limited

अपि पावरको नाफा घट्यो, विद्युत बिक्री आम्दानीमा भने १६६% को उछाल

Hyundai Nepal
अपि पावरको नाफा घट्यो, विद्युत बिक्री आम्दानीमा भने १६६% को उछाल
Nabil Bank Limited

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको आम्दानी बढेपनि नाफामा भने गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.९३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ८३ करोड १८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १६६.३७ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ३१ करोड २२ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म १२ लाख ९५ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको प्रशासनिक खर्च ३ करोड ७ लाख, बिक्री÷वितरण खर्च ११ करोड ९ढ लाख , प्रशासनिक र अन्य सञ्चालन खर्च ३ करोड ७ लाख र वित्त खर्च ४६ करोड ९३ लाख रुपैयाँ रहेको छ ।    

५ अर्ब ७८ करोड रुपैयाँ  चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ७० करोड १८ लाख र कुल चालु दायित्व १ अर्ब ५६ करोड रुपेयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । ईपीएस १.६२ रुपैयाँबाट बढेर ४.२५ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०५.२० रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१.४४ गुणा र तरलता अनुपात ०.४५ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.