आईतवार, असार २२,२०८२ 03:29:28
  • आईतवार, असार २२,२०८२ 03:29:28
Global IME Bank Limited

ओरियण्टल होटल्सको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कुन सूचकमा कति अब्बल ?

Hyundai Nepal
ओरियण्टल होटल्सको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कुन सूचकमा कति अब्बल ?
Nabil Bank Limited

काठमाण्डौ । ओरियण्टल होटल्स लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ६ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम ९.९१ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म ८३ करोड ६९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १४.९५ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ७२ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ६० करोड ९१ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर ७० करोड ७७ लाख रुपैयाँ पुगेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको कर्जा घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ७२ करोड ३९ लाख रुपैयाँ कर्जा बढेर  ८४ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको रिजर्भको आकार ९३ करोड १५ लाख रुपैयाँबाट बढेर २ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ८१ करोड २९ लाख र कुल चालु दायित्व ५४ करोड ९ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.७५रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३३८.४२ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.