सोमबार, आश्विन ५,२०८३ 04:08:13
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 04:08:13
Bizshala
Global IME Bank Limited

एक्स्ट्रिम इनर्जी ड्रिंकसँग अन्नपूर्ण स्पाइकर किङ्सको ‘गौरवको यात्रा’

एक्स्ट्रिम इनर्जी ड्रिंकसँग अन्नपूर्ण स्पाइकर किङ्सको ‘गौरवको यात्रा’
New Office

काठमाण्डौ । एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा नेपाल भलिबल लिगको पहिलो संस्करणका च्याम्पियन अन्नपूर्ण स्पाइकर किङ्सले आफ्नो ऐतिहासिक उपाधिको उत्सव मनाउँदै ‘एक्स्ट्रिम गौरवको यात्रा  (Champions of Nepal Volleyball League Trophy Tour) सम्पन्न गरेको छ ।  

नेपाली भलिबलको ऐतिहासिक सफलतालाई देशका विभिन्न स्थानका समर्थक र खेलप्रेमीसम्म पु¥याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा आयोजना गरिएको ट्रफी टुर अन्नपूर्ण आधार शिविरसम्म पुर्याइएको हो ।

अन्नपूर्ण स्पाइकर किङ्सले अन्नपूर्ण आधार शिविरसँगै च्याम्पियन ट्रफी पुर्याउँदै ट्रफी टुर सम्पन्न गरेको हो। एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा आयोजना गरिएको ‘एक्स्ट्रिम गौरवको यात्रा’ अन्तर्गत च्याम्पियन ट्रफी गण्डकी प्रदेशका विभिन्न प्रमुख शहर तथा स्थानमा पुर्याइएको थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस अभियानमार्फत एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाली भलिबलको उत्साह, उपलब्धि र खेलाडीको यात्रालाई समर्थकहरूसँग जोड्दै खेल संस्कृतिलाई थप प्रवद्र्धन गर्ने प्रयास गरेको छ । च्याम्पियन ट्रफीलाई खेलाडी, समर्थक तथा स्थानीय समुदायसँग प्रत्यक्ष जोड्ने उद्देश्यले विभिन्न स्थानमा विशेष कार्यक्रम तथा भेटघाटसमेत आयोजना गरिएको थियो ।

नेपाल भलिबल लिग नेपालको पहिलो व्यावसायिक पुरुष फ्रेन्चाइज भलिबल लिग हो । यसको पहिलो संस्करण २०८३ भदौ १९ देखि २७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन भएको थियो । प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किङ्ससहित काठमाडौं रेड्स, कर्णाली शिवराज, खप्तड फाल्कन्स, मधेश वारियर्स र सगरमाथा स्क्वाडर्स गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेको थियो ।

ऐतिहासिक फाइनलमा अन्नपूर्ण स्पाइकर किङ्सले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल भलिबल लिगको पहिलो संस्करणको च्याम्पियन बनेको थियो । अन्नपूर्णले फाइनलमा २५–१५, २५–२० र २५–१८ को सेटमा जित हासिल गरेको थियो ।

पहिलो एनभीएल उपाधिसँगै अन्नपूर्णले २० लाख रुपैयाँ नगद पुरस्कार समेत प्राप्त गरेको थियो ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.