काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले विकास हाइड्रोपावर कम्पनी लिमिटेडलाई यसअघि प्रदान गरेको निष्कासनकर्ता रेटिङ [ICRANP-IR] BBB- पुनःपुष्टि गरेको छ।
इक्रा नेपालका अनुसार उक्त रेटिङ प्राप्त गर्ने निकायहरू वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका हिसाबले मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायमा मध्यम स्तरको क्रेडिट जोखिम रहने रेटिङले संकेत गर्छ।
कम्पनीलाई प्रदान गरिएको यो रेटिङ कुनै निश्चित ऋणपत्र वा अन्य विशेष वित्तीय उपकरणको रेटिङ भने होइन। इक्रा नेपालले यो रेटिङलाई निष्कासनकर्ताको समग्र क्रेडिट विश्वसनीयतासम्बन्धी रायका रूपमा परिभाषित गरेको छ।
इक्रा नेपालले निष्कासनकर्ता रेटिङमा [ICRANP-IR] AA देखि [ICRANP-IR] C सम्मका विभिन्न वर्ग प्रयोग गर्दै आएको छ। सम्बन्धित रेटिङ वर्गपछि राखिने ‘+’ वा ‘-’ चिह्नले त्यही वर्गभित्रको तुलनात्मक अवस्थालाई जनाउँछ।
यसअनुसार [ICRANP-IR] BBB+, BBB को तुलनामा एक स्तर माथिको अवस्था हो भने [ICRANP-IR] BBB-, BBB भन्दा एक स्तर तलको अवस्थालाई जनाउँछ।
यस आधारमा विकास हाइड्रोपावरले प्राप्त गरेको BBB- रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रूपमा सुरक्षित भए पनि क्रेडिट जोखिम पूर्ण रूपमा न्यून नरहेको संकेत गर्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।