सोमबार, असार २,२०८२ 02:36:51
  • सोमबार, असार २,२०८२ 02:36:51
Global IME Bank Limited

तीन ठूला जीवन बीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?

Hyundai Nepal
तीन ठूला जीवन बीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?
Nabil Bank Limited

काठमाण्डौ । सञ्चालमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये सर्वाधिक व्यवसाय भित्र्याउने कम्पनीमा नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) पर्दछन् । यी कम्पनीहरु नेपालमा स्थापित ठूला जीवन बीमा कम्पनीका रुपमा गनिन्छन् ।  

यी तीनवटै कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । व्यवसायको आधारमा सो कम्पनीहरु उत्कृष्ट भएपनि प्रत्येक बीमित, स्टेकहोल्डर, सेयरधनी, लगानीकर्ता तथ कर्मचारीलगायतले कम्पनीको वित्तीय रिर्पोटको सूचकाङ्कहरु बुझ्न जरुरी हुन्छ ।  

अझ विशेष गरी कम्पनीका सेयरधनी वा सेयर लगानीकर्ताहरुका लागि त झनै यस्ता कम्पनीहरुको वित्तीय विवरणको विश्लेषण गर्न आवश्यक पर्छ । कतिपय लगानीकर्ताहरुले कम्पनीले प्रकाशित गर्ने वित्तीय विवरणको विश्लेषण गरेर नै सेयर खरिदबिक्री गर्ने गरेका हुन्छन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा यी ठूला तीन जीवन बीमा कम्पनीको वित्तीय अवस्थाको तुलनात्मक अध्ययन गरेका छौं । तर, यो अध्ययन सो मध्ये कुनै पनि कम्पनीको सेयर खरिद वा बिक्री गर्न सिफारिस गरिएको भने होइन ।  

जीवन बीमा कोषको आधारमा  

जीवन बीमा कम्पनीहरुले अनिवार्य रुपमा जीवन बीमा कोषमा केही प्रतिशत आर्जित रकम छुट्याउनुपर्ने प्रावधान छ । जीवन बीमा कोषको आधारमा कम्पनीले भविष्यमा हुन सक्ने जोखिम वा अन्य प्रयोजनका लागि रकम सञ्चित गर्नुपर्ने हुन्छ । तेस्रो त्रैमाससम्म सबैभन्दा बढी नेपाल लाइफले यस्तो कोषमा १ खर्ब ८९ अर्ब रुपैयाँ सञ्चित गरेको छ ।  

महाविपत्ती कोष  

जीवन बीमकले भविष्यमा हुन सक्ने जोखिम बहन गर्नका लागि महाविपत्ती कोषको स्थापना गरेका हुन्छन् । यस्तो कोषमा पनि नेपाल लाइफले नै सर्वाधिक १ अर्ब ११ करोड रुपैयाँ सञ्चित गरेको छ ।  

रिटेन्ड अर्निङ

रिटेन्ड अर्निङ पनि कम्पनीको कोषकै एउटा रुप हो । कम्पनीहरुले आर्जन गरेको मुनाफा सेयरधनीलाई वितरण नगरी यस्तो कोषमा सञ्चित गरेर राखेका हुन्छन् । वा नाफा रकमको केही प्रतिशत रकम यस्ता कोषमा विभिन्न प्रयोजनका लागि छुट्याएर राखेका हुन्छन् । जसमा सेयरधनी वा कर्मचारीलाई बोनसको रुपमा दिन वा अन्य प्रयोजनका लागि पनि हुन सक्छ । तेस्रो त्रैमाससम्ममा यस्तो रकम सर्वाधिक नेपाल लाइफले २ अर्ब २९ करोड रुपैयाँ छुट्याएको छ ।  

खुद बीमा शुल्क आर्जनको आधारमा  

खुद बीमा शुल्क आर्जन बीमा कम्पनीहरुको मुख्य व्यवसाय सूचक हो । कम्पनीले आर्जन गरेको बीमाशुल्क विभिन्न क्षेत्रमा लगानी गरी त्यसबाट नाफा आर्जन गरेका हुन्छन् । तेस्रो त्रैमाससम्ममा नेपाल लाइफले सर्वाधिक २९ अर्ब १२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।  

कुल आम्दानीको आधारमा  

कुल आम्दानी सूचकमा बीमा कम्पनीले लगानी तथा कर्जाबाट हुने आयलाई राखेको हुन्छ । बीमा कम्पनीहरुले संकलित बीमा शुल्क कर्जाका रुपमा वा विभिन्न क्षेत्रमा लगानी गरेका हुन्छन् । त्यसबाट ब्याज आम्दानी वा प्रफिट अर्न गरेर नाफा कमाएका हुन्छन् । चैत मसान्तसम्म नेपाल लाइफले ४२ अर्ब ७९ करोड, एलआइसी नेपालले १२ अर्ब ८६ करोड र नेशनल लाइफले १२ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेका छन् ।  

खुद दाबी भुक्तानी  

बीमा कम्पनीहरुले अनिवार्य रुपमा वित्तीय विवरणमा खुद दाबी भुक्तानी सूचक छुट्याउनुपर्छ । खुद दाबी भुक्तानीको आधारमा कुन कम्पनी कति बीमितमैत्री छ त्यो थाहा पाउन सकिन्छ वा कम्पनीले समयमै दाबी भुक्तानी पनि दिइरहेको छ भन्ने बुझिन्छ । चैत मसान्तससम्म नेपालले ३६ अर्ब, एलआइसी नेपालले १८ अर्ब र १४ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

खुद नाफाको आधारमा  

खुद नाफा बीमकहरुको प्रमुख सूचक हो । कम्पनीले कमाएको नाफाको आधारमा कम्पनीको अन्य सूचक समेत मापन गर्न सकिन्छ । यदि कम्पनीले राम्रै मुनाफा आर्जन गरेको छ भने त्यो कम्पनी सम्पूर्ण पक्षबाट बलियो बन्न सक्ने सम्भावना रहन्छ । नाफाकै आधारमा कम्पनीले सेयरधनीलाई समेत राम्रो लाभांश दिन सक्ने अवस्था आउँछ । तेस्रो त्रैमाससम्म नेपाल लाइफले ६० करोड, एलआइसी नेपालले १९ करोड र नेशनल लाइफले १३ करोड रुपैयाँ नाफा कमाएको छ ।  

प्रतिसेयर आम्दानीको आधारमा  

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) कति छ बुझ्न जरुरी हुन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । तेस्रो त्रैमाससम्म सबैभन्दा बढी नेशनल लाइफको ईपीएस १०.३३ रुपैयाँ छ ।  

प्रतिसेयर नेटवर्थको आधारमा  

प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) पनि प्रमुख सूचक मानिन्छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा वृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ वृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ । तेस्रो त्रैमाससम्म नेपाल लाइफको बुकभ्यालु १४८.६५ रुपैयाँ र नेशनल लाइफको १३५.७५ रुपैयाँ छ ।  

पीई अनुपातको आधारमा  

मूल्य आम्दानी अनुपात (पीई रेसियो)सूचक सेयर लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन । तेस्रो त्रैमाससम्म नेपाल लाइफको पीई रेसियो ६१.२३ रुपैयाँ र नेशनल लाइफको ५४.८९ रुपैयाँ छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.