बुधबार, आश्विन ७,२०८३ 03:25:57
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 03:25:57
Bizshala
Global IME Bank Limited

राष्ट्र बैंक र सेबोनको सुविधासँग तुलना गर्दै बीमा प्राधिकरणका कर्मचारी आन्दोलित

Bizshala
राष्ट्र बैंक र सेबोनको सुविधासँग तुलना गर्दै बीमा प्राधिकरणका कर्मचारी आन्दोलित
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड (सेबोन) लगायतका नियामक निकायमा कर्मचारीको सेवा–सुविधा तुलनात्मक रूपमा आकर्षक रहेको तर नेपाल बीमा प्राधिकरणमा भने पाउँदै आएको सुविधासमेत कटौती हुन थालेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

बीमा प्राधिकरणका कर्मचारीले सेवा–सुविधामा समानता कायम गर्नुपर्ने र हालसम्म पाउँदै आएको सुविधा निरन्तर हुनुपर्ने माग राख्दै असोज ६ गतेदेखि दबाबमूलक कार्यक्रम सुरु गरेका हुन् ।

आन्दोलनरत कर्मचारीहरूको दाबीअनुसार राष्ट्र बैंक र सेबोनले कर्मचारीको सेवा–सुविधाका विषयमा सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्दै आएका छन् । तर, बीमा प्राधिकरणको नेतृत्वले अर्थ मन्त्रालयसँग आवश्यक समन्वय र पहल गर्न नसक्दा आफूहरू निरन्तर पछि परेको उनीहरूको आरोप छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्राधिकरणका कर्मचारीहरुले अन्य नियामक निकायमा सुविधा विस्तार भइरहेका बेला बीमा प्राधिकरणमा भने सुविधा कटौती हुनु विभेदपूर्ण भएको गुनासो गरेका छन् ।  

उनीहरुका अनुसार पछिल्लो समय बजेट तथा सेवा–सुविधामा थप संकुचन आएको छ । प्राधिकरणका लागि एक करोड रुपैयाँ बजेट छुट्याइए पनि स्वीकृत बजेट १५ लाख रुपैयाँमा सीमित भएको र बुधबारदेखि सवारी सुविधा समेत रोकिएको उनीहरूको भनाइ छ ।

राष्ट्र बैंक र सेबोनले आफ्ना कर्मचारीका विषयमा सक्रिय भूमिका खेलिरहेको तर बीमा प्राधिकरणले भने त्यस्तो संस्थागत पहल गर्न नसकेको कर्मचारीहरुको आरोप छ ।  

साथै सेवा–सुविधाको विषय मात्र नभई प्राधिकरणको नेतृत्वको समन्वय क्षमता र संस्थागत कार्यसम्पादनमाथि समेत कर्मचारीहरुले प्रश्न उठाएका छन् । नेतृत्वले अर्थ मन्त्रालय तथा बीमा कम्पनीका उच्च अधिकारीसँग प्रभावकारी समन्वय गर्न नसकेको उनीहरूको आरोप छ ।

आन्दोलनरत कर्मचारीहरूले बुधबार प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीसँग छलफलसमेत गरेका छन् । माग सम्बोधन नभएसम्म धर्ना, छलफल तथा अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने उनीहरूले बताएका छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.