काठमाण्डौ । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको कालो चस्मालाई केन्द्रमा राखेर विशेष सामग्री प्रकाशित गरेको छ।
सेप्टेम्बर २४ मा प्रकाशित सामग्रीमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा पनि शाहले आफ्नो परिचित कालो चस्मा नफुकालेको प्रसंगलाई प्रमुख रूपमा उठाइएको छ।
पत्रिकाले र्यापरका रूपमा सक्रिय हुँदादेखि काठमाडौं महानगरपालिकाको मेयर र अहिले प्रधानमन्त्रीसम्म आइपुग्दा कालो चस्मा शाहको सार्वजनिक पहिचानकै हिस्सा बनेको उल्लेख गरेको छ।
न्युयोर्क टाइम्सले बालेनको यो शैली नेपालमा लोकप्रिय बनेको र उनको पहिरन तथा चस्माको शैली पछ्याउने प्रवृत्तिसमेत देखिएको उल्लेख गरेको छ।
सामग्रीमा प्रधानमन्त्री कार्यालयको भनाइ उद्धृत गर्दै चिकित्सकको सल्लाहअनुसार कडा प्रकाशबाट आँखाको सुरक्षा गर्न शाहले कालो चस्मा प्रयोग गर्ने गरेको उल्लेख गरिएको छ।
संयुक्त राष्ट्रसंघजस्तो औपचारिक अन्तर्राष्ट्रिय मञ्चमा समेत उनले कालो चस्मासहित सम्बोधन गरेपछि त्यसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तानेको हो।
यससँगै बालेनको राजनीतिक तथा कूटनीतिक उपस्थितिसँगै उनको व्यक्तिगत शैलीसमेत अन्तर्राष्ट्रिय मिडियाको चासोको विषय बनेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।