काठमाण्डौ । नारायणी नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान सूचना जारी गर्दै नदीमा पानीको बहाव उच्च बनेको जनाएको हो।
प्राधिकरणले चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सहित नारायणी नदी आसपासका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सतर्कता अपनाउन आग्रह गरेको छ।
नदीको बहाव थप बढ्न सक्ने जोखिम रहेकाले डुबान तथा कटानको सम्भावना भएका क्षेत्रका बासिन्दालाई उच्च तथा सुरक्षित स्थानमा सर्न सुझाव दिइएको छ।
विशेषगरी नदी किनार, होचा भूभाग तथा बाढीको जोखिममा रहेका बस्तीका नागरिकलाई अनावश्यक रूपमा नदी आसपास नजान र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनालाई पालना गर्न आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।