आईतवार, आश्विन ११,२०८३ 06:45:07
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 06:45:07
Bizshala
Global IME Bank Limited

म्याग्दीका विभिन्न ठाउँमा पहिरो, गिवाङमा दुई जनाको शव फेला; दुई जनाको जीवितै उद्धार

म्याग्दीका विभिन्न ठाउँमा पहिरो, गिवाङमा दुई जनाको शव फेला; दुई जनाको जीवितै उद्धार
New Office

 

काठमाण्डौ । निरन्तरको वर्षासँगै म्याग्दीका विभिन्न स्थानमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ भने पहिरोमा फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।

अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा आइतबार गएको पहिरोमा पुरिएका दुई जनाको शव फेला परेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार पहिरोमा परी गिवाङकी ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको मृत्यु भएको हो।

त्यस्तै, बेनी नगरपालिका–३ भकिम्लीको छेपारेमा पहिरोमा पुरिएर अन्दाजी ३५ वर्षीया कुमारी वली विकको पनि मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले घटनाको पुष्टि गरेका छन्।

यससँगै आइतबार मात्रै म्याग्दीमा पहिरोका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ।

फगाममा दुई जनाको जीवितै उद्धार

अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको भने जीवितै उद्धार गरिएको छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत पुगेको सुरक्षाकर्मीको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए। उद्धार गरिएकाहरूलाई बेनी ल्याउने तयारी गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

फगाममा गङ्गाबहादुर पाइजाको घर पहिरोले पुरिएको स्थानीय ज्ञानप्रकाश माध्यमिक विद्यालयका शिक्षक बाबुराम पौडेलले जानकारी दिएका छन्।

त्यस्तै, मालिका गाउँपालिका–३ औँलामा पहिरोमा परेका व्यक्तिको पनि उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताएका छन्।

सडक, बिजुली र सञ्चार अवरुद्ध

लगातारको झरीका कारण म्याग्दीका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् भने विद्युत् र सञ्चार सेवा पनि प्रभावित बनेको छ।

सडक तथा पैदलमार्गसमेत अवरुद्ध भएपछि अन्नपूर्ण गाउँपालिकाका पहिरो प्रभावित क्षेत्रमा स्थलमार्गबाट पुग्न कठिन भएको छ। त्यसैले राहत सामग्री र सुरक्षाकर्मीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको प्रशासनले जनाएको छ।

सडक, विद्युत् र सञ्चार सेवा एकैपटक प्रभावित हुँदा खोज, उद्धार तथा विपद् व्यवस्थापनको कामसमेत चुनौतीपूर्ण बनेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.