आईतवार, असार १५,२०८२ 05:59:00
  • आईतवार, असार १५,२०८२ 05:59:00
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा रहेको कैलाश हेलीकप्टरले पायो इक्राबाट यस्तो रेटिङ

Hyundai Nepal
आईपीओ निष्कासनको तयारीमा रहेको कैलाश हेलीकप्टरले पायो इक्राबाट यस्तो रेटिङ
Nabil Bank Limited

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको कैलाश हेलीकप्टर सर्भिसेस् लिमिटेडलाइलाई इक्रा नेपालले रेटिङ प्रदान गरेको छ । रेटिङ प्रदायक कम्पनी इक्राले कम्पनीलाई  [ICRANP-IR] BBB निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ ।  

उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षीत मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।

उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्राले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कैलाश हेलीकप्टरले जारी पूँजी ३५ करोडको १० प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरको ३ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्ने तयारी गरेको छ ।  

कम्पनीले आईपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.