बिहीबार, आश्विन २९,२०८३ 04:06:43
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 04:06:43
Bizshala
Global IME Bank Limited

चालु खाता र शोधनान्तर दुवै बलियो बचतमा, एफडीआई १३४ प्रतिशत बढ्यो

Bizshala
चालु खाता र शोधनान्तर दुवै बलियो बचतमा, एफडीआई १३४ प्रतिशत बढ्यो
New Office

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा मुलुकको बाह्य क्षेत्र थप मजबुत देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता र शोधनान्तर स्थिति दुवै उल्लेख्य बचतमा रहेका छन् भने प्रत्यक्ष वैदेशिक लगानीसमेत तीव्र रूपमा बढेको छ।

भदौ मसान्तसम्म चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत १ खर्ब ३० अर्ब ९७ करोड रुपैयाँ थियो।

अमेरिकी डलरमा चालु खाता बचत अघिल्लो वर्षको सोही अवधिको ९३ करोड ६७ लाख डलरबाट बढेर यस वर्ष १ अर्ब ११ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा पनि शोधनान्तर बचत १ अर्ब १० करोड डलरबाट बढेर १ अर्ब २३ करोड डलर पुगेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) उल्लेख्य रूपमा बढेको छ। दुई महिनामा २ अर्ब ९८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब २७ करोड रुपैयाँको तुलनामा १३४ प्रतिशत बढी हो।

त्यसैगरी, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब २० करोड रुपैयाँ थियो।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

बाह्य क्षेत्रका अन्य सूचकमा पनि सुधार देखिएको छ। भ्रमण आय २८.६ प्रतिशत बढेर १४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने भ्रमण व्यय १३.१ प्रतिशत घटेर ४१ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ। शिक्षा शीर्षकको खर्च पनि ९.८ प्रतिशत घटेर २९ अर्ब ५५ करोड रुपैयाँमा झरेको छ।

यस्तै, विप्रेषण आप्रवाह २३.९ प्रतिशत बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। चालु खाता, शोधनान्तर र विदेशी लगानीमा देखिएको सुधारले चालु आर्थिक वर्षको सुरुआतमै बाह्य क्षेत्र सन्तुलन थप सहज बन्दै गएको संकेत गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.