मंगलवार, फाल्गुन ५,२०८२ 07:00:56
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 07:00:56
Bizshala
Global IME Bank Limited

एलन मस्कले एकै दिनमा गुमाए १८ अर्ब डलर, जोगिएला शीर्ष धनाढ्यको ताज ?

एलन मस्कले एकै दिनमा गुमाए १८ अर्ब डलर, जोगिएला शीर्ष धनाढ्यको ताज ?
Shivam Cement

काठमाण्डौ । एलन मस्कको सम्पत्ति एकै दिनमा १८ अर्ब डलरले घटेको छ । विद्युतीय कार उत्पादक कम्पनी टेस्लाको सेयरमूल्य आएको गिरावटका कारण मस्कको सम्पत्ति घटेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

टेस्लाको सेयरमूल्य १२ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । मस्कले विद्युतीय कारको मूल्यमा कटौतिका बाबजुद बिक्रीमा कमी आउने आशययुक्त अभिव्यक्ति दिएपछि कम्पनीको सेयरमूल्यमा गिरावट आएको हो ।  

मस्कले सन् २०२५ सम्म कम्पनीको टेक्सस कारखानामा सस्तो नेक्स्ड जेनेरेशन इलेक्ट्रिक कार उत्पादन गर्न केन्द्रित हुने बताएका छन् ।  

यसका साथै,उनले अत्याधुनिक प्रविधि आवश्यक पर्ने भएकाले नयाँ मोडलको उत्पादन बढाउन चुनौतिपूर्ण रहेको बताएका छन् ।  

पछिल्लो एक वर्षको इन्ट्रा डेमा टेस्लाको सेयरमूल्यमा भएको यो सबैभन्दा ठूलो गिरावट हो । जसका कारण टेस्लाको बजार पूँजीकरण ८० अर्ब डलरले कम भएको छ ।  

यो गिरावटका बाबजुद पनि मस्क विश्वको शीर्ष धनाढ्यको सूचीमा यथावत् छन् । हाल उनको सम्पत्ति २०४.२ अर्ब डलर रहेको छ ।      -एजेन्सी 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.