आईतवार, बैशाख ७,२०८२ 12:04:27
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 12:04:27
IME remit
Global IME Bank Limited

गरीब देशका धनी मन्त्रीहरु: कुस्त बैंक ब्यालेन्स र सम्पत्ति, प्रचण्ड र अर्थमन्त्रीको सम्पत्ति विवरण अपत्यारिलो

Hyundai Nepal
गरीब देशका धनी मन्त्रीहरु: कुस्त बैंक ब्यालेन्स र सम्पत्ति, प्रचण्ड र अर्थमन्त्रीको सम्पत्ति विवरण अपत्यारिलो
Nabil Bank Limited

काठमाण्डौ । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आज प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।  

कसको छ कति सम्पत्ति ?

१. पुष्पकमल दाहाल(प्रधानमन्त्री ) 

सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री प्रचण्डको नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको छ । यस्तै  भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर, भरतपुर महानगरपालिकामा स्वर्गीय पत्नी सीता दाहालको नाममा १ कठ्ठा जमिन रहेको उल्लेख छ ।  

विवरण अनुसार प्रधानमन्त्रीसँग ५ तोला सुन समेत छ । विवरणअनुसार प्रधानमन्त्रीको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन छैन ।

२. रबि लामिछाने(उपप्रधान तथा गृहमन्त्री)

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ छ । यस्ते उनको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा छ । यो जग्गा पैतृक सम्पत्तिबाट प्राप्त  भएको उल्लेख छ ।  

गृहमन्त्रीकी पत्नी निकिताको नाममा बुढानिलकण्ठ–८ मा ५ आना जग्गामा बनेको ३ करोड ७५ लाख रुपैयाँको घर रहेको छ । घर खरिद गर्दा बैंकबाट  २ करोड ५० लाख रुपैयाँ ऋण लिएको र १ करोड ५० करोड तिर्न बाँकी रहेको उल्लेख गरिएको छ ।

यस्तै निकिता पौडेलको नाममा ८० तोला सुन,  १५-२० केजी चाँदी छ ।  निकितासँग गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत सेयर र ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट खरिद गरेको टाटा नेक्सनको विद्युतीय कार रहेको विवरणमा उल्लेख छ । यस्तै उनी नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक रहेको र नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

३. वर्षमान पुन(अर्थमन्त्री)

विवरण अनुसार पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात छ । त्यसैगरी रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति,एक थान हलुका सवारीसाधन पनि छ ।  

४.नारायणकाजी श्रेष्ठ(उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री )

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ रुपैयाँ, गोरखाको सिरानचोक गाउँपालिका ८ मा ३ कित्ता जग्गा, एउटा कित्ता ३१ रोपनी १५ आना छ, अर्को कित्ता १ रोपनी १० आना र अर्को ५ रोपनी ७ आना पैत्रिक सम्पत्ति छ ।  

यस्तै बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी पनि रहेको विवरणमा उल्लेख छ । उक्त गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको उल्लेख गरिएको छ ।  

५.रघुबीर महासेठ(उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री )

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ । त्यस्तै महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

यस्तै मन्त्री सेठको नाममा २ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन र १.५ किलो चाँदी छ।  मन्त्रीकी पत्नीको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको छ ।  

६. डीपी अर्याल(श्रम, रोजगार तथा सुरक्षा मन्त्री)

श्रम, रोजगार तथा सुरक्षा मन्त्री डीपी अर्यालको नाममा १२ स्थानमा ५ करोड २८ लाख रुपैयाँबराबरको जग्गा, काठमाण्डौमा घर, सुन र नगद मौज्दात रहेको छ ।  

उनीसँग १५० तोला सुन , १०० तोला चाँदी र १० तोला हिरा श्रीमती अम्बिका केसी र मन्त्रीको नाममा २ करोड १८ लाख रुपैयाँ  श्रीमती केसीका नाममा ६७ हजार कित्ता सेयर, १ करोड २५ लाख ४३ हजार रुपैयाँमा किनेको प्राडो कार रहेको विवरणमा उल्लेख छ ।  

यस्तै अर्यालको स्वामित्वमा २ करोड २३ लाख रुपैयाँबराबरको स्वयम्भु स्टार व्याङ्केट, सुमिरे ट्राभल्स एण्ड टुर्स प्रालि, इजि लिंक र एपीए ह्याण्डीक्राफ्ट रहेको छ ।  

७. सुमना श्रेष्ठ(शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री)

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बैंक खातामा १ करोड ५० लाख रुपैयाँ, श्रीमानको नाममा २.४१ करोड रुपैयाँ , एनआईसी एसिया बैंक खातामा १ करोड १५ लाख रुपैयाँ, एभरेस्ट बैंकमा ३७ लाख रुपैयाँ रहेको छ ।  

श्रेष्ठको नाममा काभ्रेमा ८ रोपनी ६ आना ३ पैसा जग्गा, विवाहमा उपहार पाएको १० तोला र हजुरआमाको शेषपछि पाएको १ तोला गरी ११ तोला सुन, विवाहमा उपहार पाएको १ सय तोला चाँदी, विवाहमा उपहार पाएको हिराको सेट र हजुरआमाको शेषपछि पाएको हिराको टप,एक थान स्कुटर, एक थान विद्युतीय गाडी रहेको विवरणमा उल्लेख गरिएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

८.हितबहादुर तामाङ(संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको नाममा राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ नगद, चल सम्पत्तिमा १३ लाख नगद, नुवाकोट पञ्चकन्या गाउँपालिका–३ मा १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा पैतृक सम्पत्ति र ६ तोला सुन र ७÷८ तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

९. ज्वालाकुमारी साह(कृषि तथा पशुपन्छी विकासमन्त्री )

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको बाराको कलैया उपमहानगरपालिकामा पुर्ख्यौली जग्गा, जितपुर सिमरा उपमहानगरपालिका–१६ मा जग्गा, श्रीमान अमृत शर्मा बजगाईंको जितपुर सिमरामा ५० कठ्ठा पुर्ख्यौली सम्पत्ति र सर्लाहीमा ५० लाखमा खरिद गरेको पैतृक जग्गा रहेको विवरणमा उल्लेख छ ।  

यस्तै मन्त्री साहको १० तोला सुन, २५ तोला चाँदी, बैंक खातामा ३० हजार रुपैयाँ तलब र ४ कठ्ठामा बनेको अढाइ तल्लाको घर भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

१०. रेखा शर्मा(सञ्चार तथा सूचना प्रविधिमन्त्री )

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको नाममा कीर्तिपुरमा ६ अना १ पैसा एक दामको साढे दुइ तले घर, ६ तोला सुन र २ तोला चाँदी,  

राष्ट्रिय वाणिज्य बैंकमा १ लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख नगद मौज्दात, ३६ लाख बराबरको हुण्डार्इ कार रहेको छ ।

 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.