Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 12:37:11
Bizshala
Global IME Bank Limited

सिरोहियाको पक्राउ अस्वाभाविक, यसले लगानीको वातावरण अझै बिग्रन्छः समुद्रपार निकासी पैठारी संघ

सिरोहियाको पक्राउ अस्वाभाविक, यसले लगानीको वातावरण अझै बिग्रन्छः समुद्रपार निकासी पैठारी संघ
New Office

काठमाण्डौ । नागरिकता प्रकरणमा सञ्चार उद्यमी कैलाश सिरोहियालाई प्रहरीले गरेको गिरफ्तारको घटनालाई नेपाल समुद्रपार निकासी पैठारी संघले अस्वाभाविक भनेको छ ।  

संघले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । ‘कोही विरुद्ध उजुरी पर्नु स्वाभाविक हो, गैर कानुनी काम गरेको प्रमाणित भएको खण्डमा जोसुकै होस्, कानूनले तोकेको सजाय भोग्नै पर्छ । तर, उद्यमी व्यवसायीको हकमा पक्राउ गर्नु अघि त्यसबाट कस्तो सन्देश प्रवाह हुन्छ भन्ने कुरामा पनि राज्यले ध्यान पु¥याउनुपर्ने हुन्छ । भागेर कतै जाने सम्भावना नरहेको र प्रमाण नष्ट सक्ने अवस्थामा नभएका व्यवसायीलाई उजुरीकै भरमा पक्राउ गर्नुभन्दा अग्रिम जमानत लिएर अनुसन्धान प्रक्रिया अघि बढाउनु पर्ने माग यो संघले निकै अघिदेखि गर्दै आएको छ । ’ विज्ञप्तीमा उल्लेख छ ।  

यसो गर्दा उद्यमी व्यवसायी र लगानीकर्तालाई उच्च मनोबलका साथ काम गर्ने वातावरण प्राप्त हुने भएकाले उजुरी पर्ने बित्तिकै पक्राउ गर्नुको सट्टा परिस्थितिको सूक्ष्म मूल्यांकन गर्नुपर्ने, पक्राउ नगरीकनै आरोपितका कुरा सुन्नुपर्ने र गहिरो अनुसन्धानपछि पक्राउ नगरी नहुने अवस्था आए मात्र यस्तो कदमचाल्नु पर्ने माग विज्ञप्तीमा गरिएको छ ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

विज्ञप्तीमा भनिएको छ,‘थुनेपछि मात्रै सुन्ने चलनले अदालती सुनुवाइबाट व्यक्ति निर्दोष सावित हुँदा पनि समाजमा कलंकित हुनुपर्ने अवस्था छ । अर्थतन्त्र शिथिलताको अवस्थाबाट गुज्रिरहेको बेला उद्यमी, व्यवसायीलाई पक्राउ र उसको मानमर्दन गर्दा व्यवसाय र लगानीको वातावरण अझै बिग्रनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।’  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.