काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १४ गते) का लागि विदेशी विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.६९ र बिक्रीदर १३३.२९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.२९ रुपैयाँ र बिक्रीदर १४४.९४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.०९ र बिक्रीदर १६९ं८५ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.५८ रुपैयाँ र बिक्रीदर ८७.९८ रुपैयाँ रहेको छ ।
एक कतारी रियालको खरिददर ३६.४० र बिक्रीदर ३६.५७ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।