काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको अध्यक्षमा सिर्जना खड्का नियुक्त भएकी छन् । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै सोही बैठकले यसअघिका अध्यक्ष सतिस न्यौपानेले दिएको राजीनामा स्वीकृत समेत गरेको छ । न्यौपानेले आफ्नो कार्यव्यस्तताका कारण देखाउँदै कम्पनीको सञ्चालक समितिसमक्ष पदबाट राजीनामा दिएका थिए ।