सोमबार, बैशाख ७,२०८३ 02:59:35
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 02:59:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एशियाकै धनी व्यक्तिको सूचीबाट बाहिरिए गौतम अडाणी, मुकेश अम्बानीले पुनःप्राप्त गरे ताज

Bizshala
एशियाकै धनी व्यक्तिको सूचीबाट बाहिरिए गौतम अडाणी, मुकेश अम्बानीले पुनःप्राप्त गरे ताज
Shivam Cement

काठमाण्डौ । भारतीय धनाढ्य तथा अडाणी ग्रुपका मालिक गौतम अडाणी एशियाको सबैभन्दा धनी व्यक्तिको सूचीबाट बाहिरिएका छन् । भारतको निर्वाचन परिणामका कारण सेयर बजारमा आएको तीव्र गिरावटले सम्पत्ति घट्दा अडाणी एशियाको शीर्ष धनाढ्यको सूचीबाट बाहिरिएका हुन् ।  

मंगलबार भारतको सेयर बजारमा आएको व्यापक गिरावटका अडाणीको कम्पनीको सेयरमूल्यमा तीव्र गिरावट आएको थियो । गौतम अडाणीको सम्पत्तिमा भारतका अर्का धनाढ्य मुकेश अम्बानीको तुलनामा बढी गिरावट आएको छ । यो गिरावटबाट उनको २ लाख करोड भारु स्वाहा भएको छ । घट्दो नेटवर्थका कारण उनले एशियाकै धनी व्यक्तिको ताज समेत गुमाएका छन् ।  

गौतम अडाणी गत आईतबार मुकेश अम्बानीलाई पछि पार्दे १६  महिनापछि पुनःएशियाकै धनी व्यक्ति बन्न सफल भएका थिए । तर उनले यो ताज ४ दिनमै गुमाउन पुगेका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मंगलबार भारतको सेन्सेक्स इन्डेक्स ६ हजारभन्दा बढी अंकले घटेको थियो । त्यस्तै निफ्टी ५० पनि १९०० अंकले घटेको थियो । तर बजार बन्द  हुँदा भने सेन्सेक्स २ हजार अंक र निफ्टी ७ सय अंकले घटेका थिए । सेयर बजारमा आएको यो गिरावटका कारण अडाणीलाई भारी नोक्सानीको सामना गुर्नपरेको छ । ब्लूमबर्ग इन्डेक्सका अनुसार उनको नेटवर्थ एकै दिनमा २४.९ अर्ब डलरले घटेको छ । यो गिरावटका कारण अडाणीको कुल सम्पत्ति १०० अर्ब डलरभन्दा तल झरेको छ । अहिले उनको कुल सम्पत्ति ९७.५ अर्ब डलरमा सीमित बनेको छ ।  

यससँगै गौतम अडाणीको स्थानमा पुनः मुकेश अम्बानी एशियाकै धनी व्यक्ति बनेका छन् । सेयर बजारको गिरावटका कारण मुकेश अम्बानीको सम्पत्तिमा पनि ८.९९ अर्ब डलर्को गिरावट आएको छ । यसको बाबजुत पनि उनको कुल सम्पत्ति १०६ अर्ब डलर कायम भएको छ । जुन अडाणीको भन्दा धेरै हो । यससँगै अम्बानी विश्वको ११ औं धनी व्यक्ति समेत बनेका छन् ।  

मंगलबार गौतम अडाणीको कम्पनी अडाणी पोट्सको सेयरमूल्य २३ प्रतिशत, अडाणी इन्टरप्राइजेज्को २० प्रतिशत,अम्बुजा सिमेन्टको २० प्रतिशत,एनडीटीभीको २० प्रतिशत,अडाणी पावरको १८ प्रतिशत,अडाणी ग्रीन ईनर्जीको १८ प्रतिशत र अडाणी टोटल ग्यासको सेयरमूल्य १६ प्रतिशतले घटेको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.