बिहीबार, बैशाख ३१,२०८३ 04:23:59
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:23:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शुक्रबार ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ आयोजना हुँदै, डिजिटलाइजेशन र विकासको तालमेलमा जोड दिइने

Laxmi Sunrise Bank Limited
शुक्रबार ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ आयोजना हुँदै, डिजिटलाइजेशन र विकासको तालमेलमा जोड दिइने
Shivam Cement

काठमाण्डौ । यहि जेठ २५ गते शुक्रवारका दिन डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ । एनसेल, युकेएड र एसिया फाउण्डेसन सहित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सस्थाहरुको सहकार्यमा आयोजना हुने कन्क्लेभमा ७ सेसनमा ५० बढि विशिष्ट र विज्ञ बत्ताहरु रहेका छन् ।  

काठमाण्डौ म्यारियट होटलमा आयोजना हुने कार्यक्रमको उद्घाटन प्रधानमन्त्रीले पुष्पकमल दाहालले गर्नेछन् भने समापनको पावर संवादमा केपी शर्मा ओलीको सहभागिता हुनेछ ।  

यसैगरी सञ्चारमन्त्री र अर्थमन्त्रीको पनि विशेष सेसनहरु रहेको आयोजक आइसिटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए । कन्क्लेभमा  डिजिटल नेपालको लागि नविनत प्रविधिहरु तथा इनिसिएटिभ्सहरुलाई प्रस्तुती र प्रोजेक्ट शोकेसको पनि अवसर प्रदान गरिएको छ । लगभग २० वटा डिजिटल इनिसिएटिभ्सहरु शोकेसमा रहने आयोजकले जानकारी दिएको छ ।  

हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट थिममा केन्द्रित हुने तेस्रो संस्करणको कन्क्लेभमा डिजिटल सार्वजनिक पूर्वाधार, दिगो दूरसञ्चार र नीति, डिजिटल इम्पावरमेन्ट , डिजिटल गभर्नेसन्स र डेटा फर डेमलपमेन्ट, डिजिटल इकोनोमी र इन्भेष्टमेन्ट, डिजिटल लिडरसीप र डिजिटल रुपान्तरणमा अबको दिशा लगायतका विषयहरुमा सेसन र प्रस्तुतिहरू रहेका छन ।  

Bizshala
New Office
CG Motors

वर्षको ठुलो प्रविधि सम्मेलनको रुपमा आयोजना भइरहेको कन्क्लेभमा संघिय, प्रदेश र स्थानिय सरकारका प्रतिनिधिहरु, सरोकारवाला, विज्ञ, उद्यमी, स्टार्टअपहरु सहित ५०० बढिको सहभागिता रहने अपेक्षा छ । इच्छुक व्यत्तिले सहभागिताको लागि वेबसाइटबाट टिकट खरिद गर्न सकिने व्यवस्था रहेको छ । सम्पुर्ण कार्यक्रम कान्तिपुर टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण समेत हुनेछ ।  

फाउण्डेसनले यस वर्ष प्रि–इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने डिजिटल कर्णाली कन्क्लेभ आयोजना गरेको थियो । गत दुई वर्ष आयोजकले सातै प्रदेशमा डिजिटल संवाद कार्यक्रम आयोजना गर्दै प्रदेशहरुको डिजिटल अवस्था र क्षमताको बारेमा अनुसन्धानमुलक पुस्तकहरु प्रकाशन गरेको छ । सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै यसतर्फ फाउण्डेसनले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ । डिजिटल नेपाल कन्क्लेभको रिपोर्ट र रिसर्च प्रकाशनहरु वेबसाइटमार्फत डाउनलोड गरेर अध्ययन गर्न सकिन्छ ।  

डिजिटल रुपान्तरण र यसको इकोसिस्टम विकासको लागि आइसिटी फाउण्डेसनले देशैभरी कार्यक्रमहरु सञ्चालन गरिरहेको अध्यक्ष राजन लम्सालले जानकारी दिए । यसवर्षको डिजिटल नेपाल कन्क्लेभ अझ अर्थपुर्ण र प्रभावकारी हुने आयोजकको भनाई छ ।  

इन एसोसिएसन विथ एनसेल, पावर्ड वाईमा द एसिया फाउण्डेसनसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, विद्युतीय सुशासन आयोग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नास आईटी, क्यान महासंघ लगायतको सहकार्यमा हुन लागेको कन्क्लेभको कनेक्टेड बाई पार्टनरमा नेपाल टेलिकम रहेको छ ।  

यस्तै टेक्नोलोजी पार्टनरमा स्मार्टन टेक्नोलोजी, बैंकिङ पार्टनरमा नबिल बैंक, डिजिटल पेमेन्ट पार्टनरमा इसेवा, इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, टिकेटिङ पार्टनरमा सस्तो टिकेट्स, स्याटेलाइट इन्टरनेट पार्टनरमा क्यासिफिक, ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टिभी एचडी, इभेन्ट म्यानेजमेन्ट पार्टनरमा टेक्नोरियो, आईएसएस, ग्लोबल स्पार्क रहेका छन् ।

साथै सहयोगी सस्थाहरुमा ग्लोबल आईएमई बैंक, इन्फोडेभलपर्स, आईएमई पे,  राष्ट्रिय वाणिज्य बैंक, कोइली, वानपोइन्ट फाइनान्सियल सर्भिसेस, डायमानिक टेक्नोसफ्ट, जियोकृषि लगायत रहेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.