सोमबार, श्रावण १८,२०८३ 03:34:23
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:34:23
Bizshala
Global IME Bank Limited

सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्ससहित रियलमी १२ प्रो प्लस अब नेपालमा, यस्तो छ मूल्य र आकर्षक फिचर्स

सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्ससहित रियलमी १२ प्रो प्लस अब नेपालमा, यस्तो छ मूल्य र आकर्षक फिचर्स
New Office

काठमाण्डौ । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो प्लस ल्याएको छ । सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्स, आकर्षक डिजाईन तथा आकर्षक मुल्यको साथ रियलमी १२ प्रो प्लस ले नेपालको स्मार्टफोन बजारमा ल्याएको हो ।  

यो फोनले नयाँ तरङ्ग ल्याउने कम्पनीले अपेक्षा राखेको छ । फ्ल्यागशिप ओम्नि फोकल मास्टरशट एल्गोरिथ्म भएका ेरियलमी १२ प्रो प्लसले उच्च स्तरको टेलिफोटोहरु लिन सक्छ । जसले गर्दा प्रयोगकर्ताहरुले राम्रोसँग प्राकृतिक बोके एफेक्टको साथ प्रोफेसनल देखिने पोट्रेटहरू खिच्न सक्छन् ।

रियलमी नेपालका कन्ट्री हेड मनिष गिरीले भने, ‘रियलमी १२ प्रो प्लस नेपाली बजारमा ल्याउन पाउँदा हामी उत्साहित छौँ । हामीलाई आशा छ कि यसको पेरिस्कोप क्यामराले नेपाली प्रयोगकर्ताहरुलाई स्मार्टफोनमा नयाँँ अनुभव प्रदान गर्नेछ ।’

डिजाईन र डिस्प्ले

रियलमी १२ प्रो प्लसमा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुलएचडी रिजोलुसन रहेको छ । जसले प्रयोगकर्ताहरुलाई रङ्गिन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्छ । फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउनको लागि रियलमी १२ प्रो प्लसमा १२० हट्जको रिफ्रेस रेट राखिएको छ ।  

दमदार पर्फर्मेन्स तथा स्टोरेज

क्वाल्कम स्न्यापड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमाचल्ने रियलमी १२ प्रो प्लसमा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्ने कम्पनीले दाबी गरेको छ । यो फोनमा १२ जिबीको र्यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ जुन आवश्यकताअनुसार २४ जिबीसम्म बढाउन पनि सकिन्छ ।  

पेरिस्कोप क्यामरा

फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरुको लागि रियलमी १२ प्रो प्लसको क्यामरा अति उपयोगी रहेको छ ।  ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नि भिजन ओभि ६४ बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा,  ८ मेगापिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगापिक्सेलका सोनि आईएमएक्स ६१५ सेल्फीक्यामरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रो प्लसमा उपलब्ध छ । यी अत्याधुनिक क्यामराहरुले प्रयोगकर्तालाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ्ग जस्ता फिचरहरु प्रदान गर्छ ।  

टिकाउ ब्याट्री तथा सुपर फास्ट चार्जिङ्ग

६७ वाटको सुपर भोक सुपर फास्ट चार्जिङ्ग युक्त ५ हजार एमएएच्को ब्याट्रीले गर्दा रियलमी १२ प्रो प्लसका प्रयोगकर्ताहरुले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन् । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ्ग एडप्टर तथायूएसबी टाईप–सी केबल निःशूल्क पाईन्छ ।  

रियलमी १२ प्रो प्ल्स १२ जिबी र्याम र २५६ जिबीको स्टोरेज भेरियन्टमा उपलब्ध छ । सबमरिन ब्लू,एक्सप्लोरर रेड, रन्याभिगेटर बिजरङ्गमा उपलब्ध रियलमी १२ प्रो प्लस को मुल्य ५० हजार ९९९ रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.