बुधबार, भाद्र २५,२०८२ 04:19:35
  • बुधबार, भाद्र २५,२०८२ 04:19:35
Global IME Bank Limited

मस्कको पे प्याकेजको विषयमा टेस्लाका सेयरधनीहरुले मतदान गर्ने, सेयरधनीलाई यस्तो चेतावनी

Hyundai Nepal
मस्कको पे प्याकेजको विषयमा टेस्लाका सेयरधनीहरुले मतदान गर्ने, सेयरधनीलाई यस्तो चेतावनी

काठमाण्डौ । टेस्ला कम्पनीका मालिक एलन मस्कले ५० बिलियन डलरबराबरको ‘पे प्याकेज पाउने वा नपाउने भन्ने विषयमा कम्पनीका सेयरधनीहरुले मतदान गर्ने भएका छन् । यो विषयमा यसै साता मतदान हुने भएको छ ।  

५ महिनाअघि भने अमेरिकाको डेलावेयरका न्यायधिसले मस्कलाई ५० बिलियन डलरबरारको पे प्याकेजलाई खारेज गरेको थियो । यो पे प्याकेज अमेरिकी इतिहासकै अहिलेसम्मकै उच्च हो । तर अब भने मस्क र टेस्लाको सञ्चालक समितिले सेयरधनीहरुबाट मस्लाई पुनः स्टक अप्सन प्राप्त गर्न मतदान गर्न र कम्पनीलाई अदालतको निर्णयबाट टाढा राख्न चाहेका छन् ।  

सेयरधनीहरुले मस्कलाई स्टक अप्सन प्राप्त गर्न सहयोग नगरे मस्कले कम्पनीको खस्कदो अवस्थालाई नजरअन्दान गर्ने चेतावनी कम्पनीको बोर्डले दिईरहेको रिपोर्टमा जनाइएको छ । सन् २०२१ मा ट्रिलियन डलरमूल्य बराबरको कम्पनी बने यता टेस्लाको सेयरमूल्य आधिभन्दा बढीले घटिसकेको छ । साथै कम्पनीको बिक्रीमा समेत कमी आईरहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यति मात्रै नभई विश्वभर चलिरहेको मूल्ययुद्धका कारण कम्पनीको मुनाफा समेत प्रभावित बनिरहेको छ । मंगलबार आयोजना हुने कम्पनीका सेयरधनीहरुको वार्षिक सभामा सेयरधनीहरुले मस्कलाई स्टक अप्सन प्रदान गर्ने वा नगर्ने भन्नेबारे मतदान गर्ने छन् ।  -एजेन्सी

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.