काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ घटाएको छ । इक्राले एक सूचना जारी गर्दै कम्पनीलाई विगतमा प्रदान गरिएको रेटिङ [ICRANP-IR] BBB- लाई [ICRANP-IR] BB+ मा डाउनग्रेड गरिएको जनाएको हो ।
इक्राले उक्त रेटिङबाट कम्पनीलाई ‘Issuer Not Cooperating’श्रेणी मा सारी रेटिङ फिर्ताको लागि सूचना दिएको जनाएको छ । उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्रै भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्राले स्पष्ट पारेको छ ।