काठमाण्डौ । आज डलरको भाउ वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज(माघ १६ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको मूल्य ०.०३ डलरले बढेको हो ।
केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.७२ रुपैयाँ र बिक्रीदर १३३.३२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.५९ रुपैयाँ र बिक्रीदर १४४.२४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.५७ रुपैयाँ र बिक्रीदर १६९.३३ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.६२ रुपैयाँ र बिक्रीदर ८८.०२ रुपैयाँ रहेको छ ।
एक कतारी रियालको खरिददर ३६.४० रुपैयाँ र बिक्रीदर ३६.५७ रुपैयाँ रहेको छ । केन्द्रीय बैंकका अनुसार आज एक बहराइन डिनारको खरिददर ३५२.०५ रुपैयाँ र बिक्रीदर ३५३.६४ रुपैयाँ रहेको छ ।