सोमबार, आश्विन २६,२०८३ 05:55:42
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 05:55:42
Bizshala
Global IME Bank Limited

वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुको भ्रमण

Bizshala
वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुको भ्रमण
New Office

काठमाण्डौ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुले भ्रमण गरेका छन् । बेलायतस्थित युनिभर्सिटी अफ वेस्टमिन्स्टरको सम्वन्धनमा ललितपुरको कुपण्डोलमा सञ्चालित वेस्टमिन्स्टर कलेजमा गत साता प्रतिनिधिहरुले भ्रमण गरेका हुन् ।

वार्षिक रुपमा हुने कलेजको गुणस्तर परीक्षणको प्रकृयाअन्तर्गत प्रतिनिधिहरूले कलेजको शैक्षिकस्तरको समीक्षा गर्न सबै विभागका प्रमुख तथा विद्यार्थीहरुसँग छुट्टाछुट्टै छलफल तथा अन्तक्रिया गरि शैक्षिक शत्र सञ्चालन सफलतापूर्वक सम्पन्न भएकोमा प्रशंसा गरे । बिभिन्न चरणका छलफलहरूमा विद्यार्थी आदानप्रदान कार्यक्रमहरू, भविष्यका योजनाहरू, बेलायत र नेपालका विद्यार्थीहरुबीच सम्वन्ध विस्तार, पाठ्यक्रमको प्रस्तुतिकरण, र मूल्यांकनहरु सहितका विषयहरू उठेको थियो । प्रतिनिधिहरुले विभाग प्रमुख तथा विद्यार्थीहरुबाट प्राप्त प्रतिक्रियाहरु पनि संकलन गरेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

वेस्टमिन्स्टर कलेजले वेस्टमिन्स्टर युनिभर्सिटीले निर्धारण गरेको शैक्षिक मापदण्ड तथा नियमहरू पालना गर्दै आएको छ । यसै सन्दर्भमा, प्रतिनिधिहरुले‘प्रोग्रेशनएण्ड अवार्ड बोर्ड’ पनि सम्पन्न गरेको छ ।  

वेस्टमिन्स्टर युनिभर्सिटीका प्रतिनिधिहरूलाई कलेजमा फेरि स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै कलेज प्रमुख अरुणलाल जोशीले भने, ‘वेस्टमिन्स्टर युनिभर्सिटीले हामीलाई गरेको निरन्तर सहयोग र उपलब्ध गराएको अमूल्य स्रोतहरूको लागि हामी हृदयदेखि नै आभारी छौं । साथै, आगामी वर्षहरुमा यो साझेदारीलाई अझ बलियो बनाउन र पारस्परिक वृद्धिलाई बढावा दिन हामी तत्पर छौं ।’

वेस्टमिन्स्टर कलेजले न्यूनतम शुल्कमा चार वर्षे बीएससी (अनर्स) कम्प्युटर साइन्स र बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड फरेन्सिक्स विषयको पढाई सञ्चालन गर्दै आइरहेको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.